Monday 18th May 2026

एनआरएनए कुवेतद्धारा बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोग


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको ४- अप्रिल, २०१९ बिहीबारको दिन आपतकालीन बैठक  बसेको थियो । उक्त बैठकले मध्य तराईको बारा र पर्सा जिल्लाहरुमा आएको बिनाशकारी हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आर्थिक  सहयोग गर्ने निर्णय गरेको थियो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले न्युनतम ५० हजार रुपैया सहयोग पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणको सहयोग एनसिसी कुवेतले पठाएको जानकारी अध्यक्ष सुमित्रादेवि पौडेलले जानकारी गराएकी छिन ।

हावाहुरीबाट प्रभावित क्षेत्रको लागि सहयोग संकलन हुने क्रममा मध्यपूर्वबाट कुवेत, बहराईन र ओमानबाट एनआरएनएको खातामा संकलित आर्थिक सहयोग जम्मा भईसकेको आइसिसी सदस्य अमित चाम्लिङ राईले बताएका छन । उक्त संकलित रकम प्रभावित क्षेत्रमा राहत बितरण गरिने पनि जानकारी गराएका छन ।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...