Saturday 28th September 2024

ज्यान बचाउने डाक्टरले नै श्रीमती कुटेर मारेपछि वीरगञ्जमा प्रदर्शन


तितोपाटी – डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमती सुनीता यादवको उपचारको क्रममा शुक्रबार निधन भएपछि उनका आफन्त र अधिकारकर्मीहरुले दोषीलाई कारवाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन् । उनका आफन्त र अधिकारकर्मीहरुले शनिबार बिहान घण्टाघरमा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

 

 

वीरगन्जमा रहेको नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट घाइत भएकी श्रीमती सुनिता यादवको काठमांडौ स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको सुनिताका आफन्त जयप्रकाश यादवले बताए ।

पाँच दिनदेखि काठमांडौमा उपचाररत सुनिता यादवको शुक्रबार सवा ५ बजे उपचारको क्रममा निधन भएको थियो ।

गत चैत ११ कुटपिटबाट घाईते भएकी सुनितालाई वीरगन्जको गण्डक हस्पिटलको आइसियूमा राखेर उपचार पश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो ।

कुटपिटपछि घाईते भएकी सुनीताको अवस्था नाजुक भएपछि उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । १५ वर्ष पहिले वीरगन्ज महानगरपालिका–२० हरपतगन्ज निवासी यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनीतासँग मागी विवाह गरेका थिए ।

विवाहको दुई वर्षपछि नै सुनीताबाट सन्तान नभएको भन्दै उनले भारतको रक्सौल जगुवलियाकी एक युवतीसँग भारतकै अरेराजमा विवाह गरेका थिए । त्यसयता नै डा.यादवले सुनीतालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइतीपक्षको भनाइ छ ।

दोषीलाई कारवाही गर्नुपर्ने माग सहित गरिएको प्रदर्शनपछिको कोणसभामा प्रदेशसभा सदस्य करिमा वेगम, सामाजिक अभियन्ता डा.सुष्मा तिवारी, प्रकाश थारु, विश्वेश्वर प्रसाद चौधरी, महिला नेतृहरु मोनिका सिंह, मुन्नी श्रीवास्तव, सुनिता साह, रम्भा मिश्रा लगायतले बोलेका थिए ।


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...