Monday 3rd August 2026

वर्षा र माला संग अनुप ‘पुरानो बुलेट ‘ हुईक्याउदै


तीतोपाटी-क्रेजी ईन्टरटेनमेन्टको प्रस्तुति चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा कलाकारहरु  अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु र अन्यलाई फिचर्ड गरिएको छ । चलचित्रको ट्रेलर हेर्दा चलचित्रको कथा  माया, प्रेम,कमेडी ,विछोडलाई ध्यान दिएर तयार पारिएको छ ।

चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी र  माला लिम्बुको मुख्य भूमिका रहेको छ । चलचित्र ’पुरानो बुलेट’को यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । वर्ल्ड प्रिमियरका लागि केहीदिन पहिले पोस्टर सार्वजनिक गरेको  टिमले गत आईतवार एक कार्यक्रम गरि चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ  ।

चलचित्रमा कलाकारहरु अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई आदिको अभिनय रहेको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद लेखनमा निर्देशक भीषणले सन्तोष राईसँग सहकार्य गरेका छन् । चलचित्रका लागि  कार्यकारी निर्माता सन्तोष राई रहेका छन् । ‘पुरानो बुलेट’मा अशोककुमार राई (साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले मिलेर निर्माण गरेका हुन् 

चलचित्रमा संगीत  उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको, छायाँकन हरि घले लामाको, नृत्य प्रविण सिंह र प्रशान्त तामाङको, सम्पादनअर्जुन जिसीको  रहेको  छ ।

चलचित्र चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन…

प्रतिकृयाहरू
...