Thursday 24th September 2026

युटुबबाट हटाएपछि पशुपति शर्माको “लुट्न सके लुट…” बोलको गीतको झन धेरै चर्चा


तितोपाटी – गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र ‘लुट्न सके लुट…’ बोलको गीत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन्। सरकार समर्थकहरु गीतको विपक्षमा देखिएका छन्। अधिकांस सामाजिक सञ्जाल प्रयोगकर्ता शर्माको पक्षमा वहसमा उत्रिएका छन्।

शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए। उनले गीत हटाए पनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ। उनले चार दिन अघि मात्र ‘लुट्न सके लुट…’ बोलको गीत सार्वजनिक गरेका थिए। तर सत्ताधारी दलका नेता कार्यकर्ताको दवावपछि शर्माले युट्युवबाट गीत हटाए। गीत हटाइए पनि उनको गीत डाउनलोड गरेकाहरुले सामाजिक सञ्जालमा भाइरल बनाए। वर्तमान राजनीति, सरकारका काम, वेतिथिबारे कडा प्रहार गरिएको गीत एकाएक लोकप्रिय बन्यो।  सामाजिक सञ्जाल उनको पक्षमा रंगियो। सञ्चारमाध्यमले उनको गीतको समाचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गरे।

नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाइरहेका छन्। सरकारी कर्मचारीले जागिर खाएको दुई वर्षमा घर बनाएको, सरकारी अस्पतालका चिकित्सक निजी अस्पतालमा विरामी पठाउने गरेका विकृतिलाई लयमा ढालिएको छ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...