Wednesday 17th June 2026

कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले सपथ लिए, केहि दिनमा कुवेत आउँदै


तितोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न मुलुकका लागि नियुक्त राजदूतले हिँजो पद तथा गोपनीयताको सपथ लिएका छन् । हिँजो सोमबार राष्ट्रपति भण्डारीले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, मलेसियाका लागि उदयराज पाण्डे, फ्रान्सका लागि दीपक अधिकारी, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई शीतल निवासमा आयोजित समारोहमा सपथग्रहण गराएकी छन ।

यस अघि गत अाइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा भण्डारीलाई आइतबार नियुक्त गरेकी थिइन् भने अधिकारीको नियुक्ती हिँजो बिहान नै भएको थियो । अन्यको नियुक्ति यसअघि नै भइसकेको हो । सिफारिस भएका अन्य राजदूतहरु भृगु ढुंगाना र गणेश ढकाल भने अझै सहमति पर्खिरहेका छन् । त्यहाँबाट सहमति आएपछि उनीहरुको नियुक्ति हुने र सपथ कार्यक्रम राख्ने मन्त्रालयले जनाएको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

भण्डारीले भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यलाई दुई साता अघि सपथ गराएर यस्तो अभ्यास थालेकी हुन । आचार्य आफ्नो कार्यभार सम्हाल्न सोमबार त्यसतर्फ लागि सकेका छन । उनले नेपाल भारत सम्वन्धलाई थप उचाईमा पुर्‍याउने उद्घोष गर्दै सोमबार दिल्ली प्रस्थान गरेका हुन । उनी गत विहिबार नै दिल्ली जाने भनेपनि यहाँ केही काम बाँकी रहेका आचार्य सोमबार त्यसतर्फ लागेका हुन् । एक बर्ष चार महिनापछि दिल्ली दूतावासले नेपाली राजदूत पाएका हुन ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...