Wednesday 29th July 2026

प्रकाश सापकोटा र सारिका के.सीको प्रेममा को बन्यो “तगारो”(भिडियो सहित)


तीतोपाटी-मेशना डिजिटलको प्रस्तुतिमा अत्यन्तै वियोगान्त प्रेम कथामा आधारित मार्मिक लोक दोहोरी गीत ” तगारो” म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

चर्चित गायक तथा संगीतकार अमित बाबु रोकायको लय साथै विकल्प संगीतको शब्दमा सृजना गरिएको उक्त गीतमा बहुचर्चित गायिका बिष्णु माझी र गायक रिजन थापाको सुमधुर स्वर रहेको छ ।

ब्यस्त अनि चर्चित निर्देशक कपिल लामाको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा पछिल्लो समय लगातार म्युजिक भिडियोहरुमा आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै लोकप्रिय बन्दै गएका मोडल प्रकाश सापकोटा र हरेक दर्शकको पहिलो रोजाइमा पर्ने बहुचर्चित मोडल सारिका के.सीको अभिनय रहेको छ भने भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै दिपक बिष्टले सम्पादन गरेका छन ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...