Wednesday 29th July 2026

डाभोस बैठकमा प्रधानमन्त्री ओलीले के बाेले(भिडियो सहित)


तीतोपाटी-केपीशर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका प्रयास केन्द्रित गरेको बताएका छन् ।

स्वीट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठक अन्तर्गत ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धि र विकासको लक्ष्यमा अघि बढेको बताए । उनले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गरे । नेपालमा लगानी मैत्री, ऐनकानून जारी भएका बताउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति प्रधानमन्त्रीले आह्वान गरे। 

प्रधानमन्त्री ओलीले दक्षिण एसिया इतिहासदेखि नै शिक्षित मानिस र सभ्यताको क्षेत्र भएको बताए । उनले विश्वको सर्वोच्च शिखर सगरमाथादेखि हिन्द महासागर र बंगालको खाडी रहेको यो क्षेत्र आफैंमा समृद्ध रहेको बताए । उनले क्षेत्रीय सहकार्यलाई जोड दिंदै कनेक्टिभिटीमा प्रयासरत् रहेको जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...