Tuesday 24th December 2024

पर्वतको मालढुंगामा बस दुर्घटना, घटनास्थलमै ३ जनाको मृत्यु, ३८ जना घाइते


तितोपाटी – पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते छन् । अाज बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ६० मिटर तल खसको बताए । उनका अनुसार घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

केही गम्भीर घाइतेलाई अन्यत्र रिफर गर्ने तयारी गरिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

तोयानाथ उपेक्षित, दाहाल, रबि लामिछाने दोहरो नागरिकता काण्डमा समातिदा मैले उनीमाथि सहानुभूती मात्र जाहेर गरे । उनका कमजोर कानूनी सल्लाहकार…

जेरुसेलम, डिसेम्बर २३ (सिन्ह्वा) - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार हमाससँग बन्धकहरूका लागि युद्धविराम सम्झौता सुरक्षित गर्ने प्रयासमा "प्रगति" भएको…

बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई देशमा फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको छ । बङ्गलादेशका विदेश मामिला सल्लाहकार तौहीद…

प्रतिकृयाहरू
...