Friday 3rd July 2026

कुवेतमा रक्सी फ्याक्ट्री चलाउने चार नेपाली पक्राउ


तितोपाटी – कुवेतको जाबर अल-अहमद एरियामा रक्सी फ्याक्ट्री चलाउने चार नेपालीलाई स्थानिय पुलिसले पक्राउ गरेको छ । यो समाचार अनलाइन पेज अाइमन माट मा प्रकाशित भएको छ । उनीहरूका साथमा रक्सी बनाउन तयारी अबस्थामा रहेको कच्चा पदार्थ तथा तयारी अबस्थाको रक्सी समेत भारी मात्रामा पक्राउ गरेको सुरक्षा अधिकारीलाइ हवाला दिंदै अाइमन माटमा लेखिएको छ ।

सुरक्षा अधिकारीहरूले रक्सी भट्टीमा छापा मार्दा २ जना परूष र २ जना महिला पक्राउ परेका हुन ।  उनीहरुले रक्सी फ्याक्ट्री संचालन गरि अत्याधिक मात्रामा रक्सी वनाउने र बेच्ने गर्दै आएको जनाइएको छ । पुलिसले मदिरा बनाउने पदार्थ साथै तयारी अवस्थामा रहेको रक्सी सहित पक्राउ  गरेको हो ।

कुवेतमा मदिराको कारोबार लगायत उत्पादन गर्न निषेधित छ । केही समय पहिले पनि नेपालीहरु रक्सी तथा लागू औषध काण्डमा पक्राउ परेका थिए । कुवेत सरकारले मदिरा, लागू औषध तथा वेश्यावृत्तिमा लाग्ने जो कोहिलाई पनि कडा भन्दा कडा कारबाही गर्दछ ।


सम्बन्धित शीर्षकहरु

तेहरान, असार १९ (एजेन्सी): अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा करिब चार महिनाअघि मारिएका इरानका पूर्व सर्वोच्च नेता Ayatollah Ali Khamenei लाई…

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता हुनु नेपालको युवा शक्ति, राष्ट्रिय अनुशासन र आपतकालीन तयारी क्षमतालाई संस्थागत गर्ने दिशामा एउटा…

प्रतिकृयाहरू
...