Tuesday 1st September 2026

विश्वको अहिले सम्मकै सबैभन्दा लामो दुरी उडान भर्न सक्ने जेट विमान लञ्च भयो


तितोपाटी – अमेरिकी विमान निर्माता कम्पनी बोइङले सर्वाधिक लामो रेन्जको जेट ‘बीबीजे ७७७एक्स’ लन्च गरेको छ।

यो विमानमा पूरै इन्धन भर्ने हो भने आधा संसारको यात्रा कतै नरोकिइ सम्पन्न गर्न सकिन्छ । यसले एकै पटकमा २१ हजार ५ सय ७० किलोमिटर यात्रा गर्न सक्छ । यसको अर्थ लामो दूरीको यात्रा गर्न र फ्लाइट परिवर्तन नगरी चाहेको स्थानमा पुग्न यसको प्रयोग गर्न सकिन्छ ।

कम्पनीका अनुसार यो जेट विमानमा जीई९एक्स हाई बाइपास टर्बोफ्यान एयरक्राफ्ट इन्जिन छ। यसको विङस्प्यान अर्थात एउटा पंखाबाट अर्को पंखाको दूरी २३५ फुट छ । यसको निर्माण हाल प्रचलित विमान बोइङ ७७७–८ तथा ७७७–९ मा आधारित भएर गरिएको छ । ती विमानमा ३ सय ५० जना यात्री अटाउँथे भने नयाँ विमानमा ४ सय २५ यात्री अट्न सक्छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

प्रतिकृयाहरू
...