Monday 14th September 2026

सरकारद्वारा एक लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरीको माग: पुस २५ गतेदेखि आवेदन खुल्ने


नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक सूचना जारी गर्दै निर्वाचन प्रयोजनका लागि कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।

निर्वाचनलाई भयरहित र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि भर्ना गर्न लागिएको यी प्रहरीका लागि इच्छुक व्यक्तिले यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। दर्खास्त दिने प्रक्रियालाई सहज बनाउन सरकारले सार्वजनिक बिदाका दिनमा पनि आवेदन लिने व्यवस्था मिलाएको छ। चुनावी सुरक्षाका लागि यो भर्ना प्रक्रियालाई महत्त्वपूर्ण मानिएको छ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...