Tuesday 24th March 2026

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने


कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाउने भएको छ।

समाज तमु (गुरुङ) समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यो कुवेतमा स्थापना भएको पहिलो जातीय तथा सामाजिक संस्था पनि हो।

गुरुङ समुदायले हरेक वर्ष पौष १५ गते ल्होछारलाई नयाँ वर्षको सुरुवातका रूपमा मनाउने परम्परा राख्दै आएको छ। यस दिन आफन्तजनहरूलाई शुभकामना दिने, मान्यजनबाट आशिर्वाद लिने र रमाइलो वातावरणमा भोजभतेर गरी चाड मनाउने चलन रहेको छ।

गुरुङ परम्परा अनुसार हरेक वर्ष १२ जनावरका नाममा ल्हो (वर्ग चक्र) परिवर्तन हुन्छ। यो वर्षको ‘सप्री ल्हो’ (सर्प वर्ग) सकिएर ‘त ल्हो’ (घोडा वर्ग) सुरु हुँदैछ।

समाजले यस वर्ष पनि ल्होछारलाई एकता, सद्भाव र भाईचाराको उत्सवका रूपमा मनाउने तयारी पूरा गरेको जनाएको छ साथै सोही दिन अरू संस्थाले आफ्ना कार्यक्रम नजुधाइदिन समाजले अनुरोध गरेको छ।

कार्यक्रमका विस्तृत जानकारी आगामी सूचनामार्फत सार्वजनिक गरिने समाजले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...