Sunday 1st March 2026

एनआरएनए कुवेत (महेश श्रेष्ठ पक्ष)ले मुलपत्र डट कममा प्रकाशित समाचारको खण्डन गर्दै निकाल्यो प्रेस विज्ञप्ति


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (महेश श्रेष्ठ पक्ष)ले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाली अनलाइन पोर्टल मुलपत्र डट कममा गत शुक्रवार २९ अगष्ट २०२५ का दिन “कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारिहरु घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रीन नेतृत्वमा तस्करको बेग्लै टिम” शिर्षकमा प्रकाशित समाचारको खण्डन गरेको छ । उक्त मिडियामा प्रकाशित माचार प्रति संघको गहिरो ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचारमा उल्लेख भएका कुनै पनि कुराहरू तथ्यपरक नभएको भन्दै कपोल्कल्पित रूपमा यस्ता समाचार आउनु खेदजनक रहेको जनाएको छ ।

संघको राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष दिल कुमार पाख्रिन र महासचिव विजय धामीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा दुश्मनी साँद्ने तथा चरित्र हत्या गर्ने उदेश्यले गलत श्रोतबाट प्राप्त समाचार (Cross Verification) नगरी सिधै सम्प्रेषण गरिएको समाचारले पत्रकारिता माथि नै प्रश्न खडा भएको भन्दै समाचारको खण्डनका साथ आवश्यक परे कानुनी उपचारमा समेत जाने साथै कुनैपनि अबैधानिक कार्यहरु प्रति एनसीसी कुवेत सचेत र जानकार रहेको सवैमा जानकारी गराउँदै त्यस्ता भ्रामक र तथ्यहिन कुराको विश्वास नगर्न सम्बन्धित सवैमा हार्दिक अनुरोध गरिएको छ ।

संघद्वारा प्रकाशित प्रेस विज्ञप्ति जस्ताको तस्तैः

मुलपत्र डट कममा गत शुक्रवार “कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारिहरु घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रीन नेतृत्वमा तस्करको बेग्लै टिम” शिर्षकमा प्रकाशित समाचार प्रति गैरआवासीय नेपाली संघ कुवेतको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेख भएका कुनै पनि कुराहरु तथ्यपरक नभएकोले यसप्रती गैरआवासीय नेपाली संघ कुवेत खेद प्रकट गर्दछ ।

यस संस्थाका अध्यक्ष दिल कुमार पाख्रीन कुनै कोणबाट पनि समाचारमा भनिए जस्तो घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न नहुदा पनि फोटो सहित समाचारमा समेटिनु, प्रवक्ता हर्क बहादुर मोक्तानको निजि कुराहरुलाइ समाचारको कन्टेन्ट बनाएर संस्थासँग जोडेर संस्था नै वदनाम गराउन समाचार प्रकाशित हुनु, वरिष्ठ उपाध्यक्ष दामोदर बटाला माथी मदिरा उत्पादन तथा वेचविखान र महिला उपाध्यक्ष रमिता तामाङको वारेमा हुँदै नभएका विभिन्न किसिमले पिडित बनाइएको भन्ने जस्ता तथ्यहिन आक्षेप लगाएर समाचार लेखिनु दुश्मनी साँद्ने तथा चरित्र हत्या गर्ने उदेश्यले गलत श्रोतबाट प्राप्त समाचार (Cross Verification) नगरी सिधै सम्प्रेषण गर्नुले पत्रकारिता माथि नै प्रश्न खडा भएको गैरआवासीय नेपाली संघ कुवेतको ठम्याइ छ ।

त्यस्तै, एनआरएनए नै तीन टुक्रा भएको र पाख्रीन नेतृत्वमा घरेलु महिला श्रमिक ओसारपसार गर्नेहरु रहेकोले युवक राई नेतृत्व अलग्गिएको भन्ने कुराले झन बढी यो समाचार गलत भएको पुष्टि गर्दछ । किनकी युवक राई नेतृत्वमा कुनै एनआरएनए नै छैन । गत ४ अगस्ट २०२५ का दिन कुवेतको खैतानस्थित राजधानी प्यालेसमा केन्द्रिय अध्यक्ष महेश श्रेष्ठको प्रमुख आतीथ्यता तथा मध्यपुर्व संयोजक रमेश श्रेष्ठ लगाएत एनआरएनए अभियन्ताहरुको उपस्थितिमा नवौं राष्ट्रिय एकताको अधिवेशन सम्पन्न भईसकेको सर्वविदीतै छ ।

गैरआवासीय नेपाली संघ कुवेत मुलपत्र डट कममा प्रकाशित समाचारको स्पष्ट रूपमा खण्डन गर्दै आवश्यक परे कानुनी उपचारमा समेत जाने साथै कुनैपनि अबैधानिक कार्यहरु प्रति गैरआवासीय नेपाली संघ कुवेत सचेत र जानकार रहेको सवैमा जानकारी गराउँदै त्यस्ता भ्रामक र तथ्यहिन कुराको विश्वास नगर्न सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौं ।


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...