Wednesday 6th August 2025

लखन थापा मगर गोल्ड कपको पाँचाैं संस्करण यहि अगष्ट २२ तारिक आयोजना हुँदै


टिम दर्ता र टाईसिट १५ अगष्तमा

बिकास रोका मगर – नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २२ अगष्ट २०२५ मा मंगाफस्थित स्पोर्टस क्लबको कभर्डहलमा आयोजना गर्ने भएको छ ।

गत २५ जुलाई २०२५ मा आयोजना गर्न तय गरिएको टुर्नामेण्ट प्राविधिक कारणवश केही समयको लागि स्थगित गरेको बिज्ञप्ती जारी गरेको मगर संघ कुवेतले टुर्नामेण्टलाई छिटो भन्दा छिटो आयोजना गरेर नेपाली समाजलाई खेलको माध्ययमबाट छुट्टै मनोरञ्जन दिलाउने जनाउँदै सम्पूर्ण भलिवल टिमहरुलाई सहभागिताको लागि आव्हान गरेको छ।

मंगाफ स्पोर्टस क्लवको सुबिधा सम्पन्न स्टेडियमको कभर्डहलमा सम्पन्न गरिने उक्त टुर्नामेण्टको लागि टिम दर्ता र टाई सिट आगामी १५ अगष्ट २०२५ मा गरिने जनाउँदै आयोजक मगर संघले सम्पूर्ण भलिवल टिमका टिम क्याप्टेन र टिम मेनेजरहरुलाई टिम दर्ताको लागि उपस्थित हुन अनुरोध गरेको छ भने सम्पूर्ण खेलाडी, खेलप्रेमी दर्शक, बुद्धिजिबी, भद्रभलाद्मी तथा समाजसेवी व्यक्ति व्यक्तित्वहरूलाइ सल्लाह सुझाब तथा सहयोगको अपेक्षा गर्दै टुर्नामेण्ट सम्बन्धी तपशिल विवरणहरु उपलब्ध गराएको छ।

तपसिल:
१) टिम दर्ता गराउने मिति: १५ अगष्ट २०२५
२) स्थान र समय: महबुल्ला भलिवल मैदान, बेलुकी ५ बजे
२) आवश्यक कागजात: खेलाडिको नाम, सिभिल आईडी या पासपोर्टको कपी (टेलिफोन नम्बर सहित)
३) टाई सीट घोषणा गरिने मिति: १५ अगष्ट २०२५, बेलुकी ६ बजे
४) दर्ता शुल्क: ३० कुवेती दिनार (अनिवार्य बुझाउनु पर्ने अन्यथा दर्ता नहुने)
५) खेल मैदान: मंगाफ स्पोर्टस क्लवको स्टेडियम, मंगाफ, कुवेत
६) खेल हुने मिति र समय: २२ अगष्ट २०२५ शुक्रबार, बिहानको ठिक ९.०० बजेदेखी

प्रथम पुरस्कार: ट्रफी, मेडल, प्रमाण–पत्र र २५१ केडी
दित्तिय पुरस्कार: ट्रफी, मेडल, प्रमाण–पत्र र १५१ केडी
उत्कृष्ट टिम: ट्रफी र प्रमाण–पत्र
उत्कृष्ट खेलाडी: ट्रफी र प्रमाण–पत्र
सहभागी टिम: प्रमाण–पत्र
अम्पायर: मेडल र प्रमाण–पत्र

यसैगरी, टुर्नामेण्ट सफल पार्नको लागि आयोजकले स्टेडियम प्रसाशनको सल्लाह र कुवेतको कानुनलाई ध्यानमा राख्दै निम्नानुसार नियमावली सार्वजनिक गरेको छ।

१) लखन थापा गोल्ड कपका सम्पूर्ण खेलहरु आयोजक मगर संघ कुवेतले जिम्मा लगाईएका सक्षम रेफ्रीहरुद्वारा खेलाईने छ। खेल अवधिमा रेफ्रीहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ।

२) कुनै पनि खेलाडीले रेफ्रिलाई अपशब्द प्रयोग गरेमा या रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गरेमा उक्त खेलाडीलाई रेड कार्ड प्रदान गरि अघिल्लो एक म्याच खेल्नबाट बञ्चित गरिने छ भने उक्त खेलाडीले सोही व्यवहार पुन. दोहोर्‍याएमा उसलाई पुरा टुर्नामेण्टबाटै निलम्बित गरिने छ।

३) सम्पूर्ण टिमका खेलाडी तथा टिम म्यानेजरलाई आफ्नो सिभिल आईडी या पासपोर्टको कपी टिम दर्ताको दिनमा अनिवार्य बुझाउन अनुरोध गरिएको छ। दर्ताको दिन नबुझाउनेले खेल सञ्चालन हुने दिन २२ अगष्टमा बुझाउनु पर्नेछ तर खेलाडीको नाम भने दर्ताको समयमै दिनु पर्नेछ अन्यथा कुनै पनि खेलाडीलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक असमर्थ रहने छ।

४) कुनै पनि खेलाडीले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको पाईएमा उक्त खेलाडीलाई पुरा टुर्नामेण्टबाटै निलम्बित गरी स्टेडियम प्रशासनलाई सूचित गरि कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा अपिल गरिने छ।

५) खेलाडीहरुले कभर्ड हलमा केबल स्पोर्ट्स जुत्ता मात्र लगाएर खेल्नु पर्नेछ। पैतलामा गोटी भएका र कलर जाने खालका जुत्ता लगाएर खेल्न स्टेडियम प्रशासनले मनाही गरेको छ।

६) लखन थापा मगर गोल्ड कप सदा झैं बेस्ट अफ थ्री चरणमा पहिलो सेटहरु २५-२५ र अन्तिम सेट १५ नम्बरको आधारमा खेलाईने छ।

७) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडीहरुले टिमको जर्सी अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडीको संख्या ९ र टिम मेनेजर अनि कोच सहित ११ जनाको समुहमा हुनु पर्नेछ।

८) प्रत्येक टिमबाट ३/३ जना स्वयंसेवकको नामावली आयोजकलाई दिनु पर्नेछ। आफ्नो टिमको खेलमा स्वयंसेवक अनिवार्य उपस्थित हुनु पर्ने र कारणवस उपस्थित हुन नसकेमा आयोजकलाई खेल शुरु हुनु आगावै जानकारी दिनु पर्नेछ।

९) कुनै पनी बिदेशी खेलाडीलाई मान्यता दिईने छैन। खेलको प्रतिश्पर्धामा भवितव्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर, टिम कोच र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ।

१०) कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ। यदि त्यो किसिमको स्थिती देखिन आएमा प्रतिवादी समुहका टिम मेनेजरले आयोजकलाई सूचित गर्न सक्नेछ।

११) उपस्थित दर्शक तथा खेलाडीहरुले कभर्ड हल बाहिर क्यान्टिनमा बसेर जलपान गर्न सकिने छ भने कसैलाई पनि कभर्ड हल भित्र लगेर खान, पिउन, कागज, प्लेट तथा पानीका बोतलहरु फाल्न र फोहोर गर्न हल प्रशासनले सख्त मनाही गरेको छ।

१२) जलपानको लागि आयोजक मगर संघ कुवेतले सशुल्क सामान्य नास्तापानीको व्यवस्था गर्नेछ भने बलेदिया (मुन्सिपालिटी)ले हल प्रशासनलाई ग्यास, चुला जलाउने तथा आगो बाल्ने जस्ता गतिबिधिहरु नगर्न सख्त निर्देशन जारी गरेकोले कसैले पनि सो कार्य नगर्न अनुरोध गरिएको छ।

१३) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी टिम आयोजकले निर्धारण गरेको खेल समयभन्दा १५ मिनट अगावै उपस्थित भई आयोजकलाई सूचित गर्नु पर्नेछ। यद्दपी तोकिएको समयमा प्रतिश्पर्धी समुह उपस्थित नभएमा ‘फ्री सर्विस’ मार्फत विजयी घोषित गरिने छ भने दुबै समुह कारणवश तोकिएको समयमा उपस्थित हुन नसकेमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णय गर्न सक्नेछ।

१४) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना, औषधी उपचार र यातायात जस्ता आबश्यकतामूलक चिजहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ।

१५) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु उत्पन्न गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त हल प्रशासनलाई सूचित गरि कुवेतको सुरक्षा निकायलाई जिम्मा लगाउन र कानुन बमोजिम कार्वाहीको लागि पहल गर्न आयोजक वाध्य हुनेछ।

१६) लखन थापा मगर गोल्ड कपमा बिजयी हाँसिल गर्ने टिमले बिजेताको खुशीयाली मनाउँदै फोटोशेसन गरिसकेपश्चात गोल्ड कप सोहि समय आयोजक मगर संघ कुवेतलाई वापस हस्तान्तरण गर्नु पर्नेछ।

१७) लखन थापा मगर रनिङ्ग शिल्ड गोल्ड कपमा कब्जा जमाउन सोही टिम लगातार तीन वर्ष (३ पटक) सम्म बिजयी हुनु पर्नेछ भने कब्जा जमाउने टिमलाई सम्मान स्वरुप बिजेता पुरस्कारको साथमा अतिरिक्त २५१ केडी नगदीले पुरस्कृत गरिने छ।

टुर्नामेण्ट सम्बन्धी थप जानकारीको लागि:
गोल्ड कप संयोजक – बिजय सारु मगर – ५११०४०२६
गोल्ड कप उप–संयोजक – बिकास रोका मगर –९८९७१४७३
युवा संयोजक – जिमी काउचा मगर – ९४४२०६३६
युवा उप-संयोजक – तोयानाथ पुन मगर – ९८०११६६५
महासचिव – श्रवण गाहा मगर – ६९०५८०२७
सचिव – कृष्ण पुन मगर – ९७२६७०४१

अर्थात मगर संघ कुवेतका अध्यक्ष, उपाध्यक्ष, सल्लाहाकार लगायत कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिने छ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

प्रतिकृयाहरू
...