Thursday 29th October 2026

अगस्त ४ मा गैरआवासीय नेपाली संघ कुवेतको महाधिवेशन


गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर दुई धार भैरहेको अवस्थामा कुवेतमा पनि एन आर एन ए दुई धारमा बगिरहेको छ। गत ३० जुलाइमा बद्री केसि समुहको अधिबेशन कुवेतको साल्मियास्थित होटल सिम्फोनिमा सम्पन्न भएको छ। अब ४ अगस्तका दिन हुन गैरहेको महाअधिवेशन एन आर एन ए महेश श्रेष्ठ समुहको हो।

केन्द्रको विवाद संगै कुवेतमा पनि एन आर एन ए फुटेको छ। तर फुटेको साथिहरुलाइ जोडेर जाने उदेश्यले यो एकताको महाधिवेशन गर्न लागिएको आयोजक कमिटिले जनाएको छ। हालका अध्यक्ष रणध्वोज लामाको अध्यक्षतामा हुन लागेको उक्त महाधिवेशनले कुवेतमा एकताको सन्देश दिने अपेक्षा गरिएको छ।

कार्यक्रमको तयारी लगभग पूरा भइसकेको आयोजक कमिटीले जनाएको छ। समाज नै विभाजित हुने किसिमले फुटेको एन आर एन ए लाई सहि मार्ग निर्देशन गर्न सल्लाह सुझाव दिँदै सामाजिक एकताको पहलमा जुट्न सबै समाजमा अग्रज, वुद्धिजिवि, एवं संघ संस्थाका अध्यक्ष ज्युहरुलाइ उपस्थितिका लागि अनुरोध गरिएको छ। कार्यक्रम निम्न मिति समय र स्थानमा हुनेछ।

मिति: ०४ अगस्त २०२५
स्थान: राजधानी पेलेस्स होटल खैतान, कुवेत
समय: साँझ ठिक ५ बजेबाट


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...