Friday 9th October 2026

अगस्त ४ मा गैरआवासीय नेपाली संघ कुवेतको महाधिवेशन


गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर दुई धार भैरहेको अवस्थामा कुवेतमा पनि एन आर एन ए दुई धारमा बगिरहेको छ। गत ३० जुलाइमा बद्री केसि समुहको अधिबेशन कुवेतको साल्मियास्थित होटल सिम्फोनिमा सम्पन्न भएको छ। अब ४ अगस्तका दिन हुन गैरहेको महाअधिवेशन एन आर एन ए महेश श्रेष्ठ समुहको हो।

केन्द्रको विवाद संगै कुवेतमा पनि एन आर एन ए फुटेको छ। तर फुटेको साथिहरुलाइ जोडेर जाने उदेश्यले यो एकताको महाधिवेशन गर्न लागिएको आयोजक कमिटिले जनाएको छ। हालका अध्यक्ष रणध्वोज लामाको अध्यक्षतामा हुन लागेको उक्त महाधिवेशनले कुवेतमा एकताको सन्देश दिने अपेक्षा गरिएको छ।

कार्यक्रमको तयारी लगभग पूरा भइसकेको आयोजक कमिटीले जनाएको छ। समाज नै विभाजित हुने किसिमले फुटेको एन आर एन ए लाई सहि मार्ग निर्देशन गर्न सल्लाह सुझाव दिँदै सामाजिक एकताको पहलमा जुट्न सबै समाजमा अग्रज, वुद्धिजिवि, एवं संघ संस्थाका अध्यक्ष ज्युहरुलाइ उपस्थितिका लागि अनुरोध गरिएको छ। कार्यक्रम निम्न मिति समय र स्थानमा हुनेछ।

मिति: ०४ अगस्त २०२५
स्थान: राजधानी पेलेस्स होटल खैतान, कुवेत
समय: साँझ ठिक ५ बजेबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...