Thursday 26th June 2025

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चाैथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः दिपक छन्त्याल


म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चाैथो अधिवेशन सम्पन्न भएको छ भने अध्यक्षमा पुनः दिपक छन्त्याल नै निर्विरोध चयन भएका छन् ।

गत ३० मे २०२५ शुक्रबारका दिन कुवेतको मङ्गाफस्थित डिलाईट्स हलमा अध्यक्ष दिपक छन्त्याल को सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन बिडारी,को प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्लको विशेष आतिथ्यता तथा कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्थाका पदाधिकारीहरू, पत्रकार, समाजसेवी वुद्धिजीवीहरूको आतिथ्यता साथै कुवेतमा कार्यरत म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले दिपक छन्त्यालको नेतृत्वमा संरक्षक सल्लाहकारहरू सहित ३५ सदस्सीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मुल नाराका साथ सन् २०१८ मा स्थापना भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको चौथो ऐतिहासिक अधिवेशनका अवसरमा प्रमुख अतिथि विशेष अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। गीत संगीतको सांस्कृतिक प्रस्तुति सहितको उक्त अधिवेशन समारोहमा संस्थाले नेपाली दूतावासलाइ मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिती यस प्रकार रहेको छ:

१, दिपक छ्न्त्याल (अध्यक्ष)
२, निर्मला पुन (बरिष्ठ उपाध्यक्ष)
३, गंगाधर गौतम (प्रथम उपाध्यक्ष)
४, बिमल पुन (दिर्तिय उपाध्यक्ष)
५, चुन बहादुर रोका (तिर्तिय उपाध्य्क्ष)
६, गौ देबि फगामी (महिला उपाध्यक्ष)
७, सुबास साप्कोता (महासचिप)
८, चोकेन पुन मगर (सचिव )
९, राजेश रोका (सह-सचिव)
१०, कबिता सुनार (उप -सचिव)
११, सबिन खत्री (प्रबक्ता )
१२, तार्जुन पुन ( कोषाध्यक्ष)
१३, चिबिन घर्ती (सह कोषाध्यक्ष)
१४, बलराज घर्ती छ्न्त्याल (युबा संयोजक )
१५, मान बहादुर सुनार (भलिबल म्यानेजर )
सदस्यहरु:
१६, सीता देबि खद्का
१७, गोकुल बुदाथोकी
१८, पारस फगामी
१९, श्याम लाल परियार
२०, राम बहादुर बिक
२१, गिता सुनार
२२, तुल बहादुर खत्री
२३, अेामकार पुन
२४, सुर्य पतेल
२५, मीन बहादुर घर्ति मगर

नयाँ थप सदस्यहरु:
याम बहादुर पुन
जगेन्द्र बुढाथोकी
पदम पुन
नर बहादुर बि.क.
सुशील परियार

सल्लाहकार समिती:-
१, मान बहादुर फगामी (प्रमुख संरक्षक ) मालिका ५ मगर दाङ
२, नन्द बरुवाल (संरक्षक ) अन्नपुर्न ६ घारा
३, तेजिन्द्र श्रेष्ठ (प्रमुख सल्लाहकार) बेनपा ४ पुलाचौर
४, चन्द्र गोतामे (सल्लाहकार )मंगला ४ बङ्जा
५, मन देबि गुरुङ (सल्लाहकार) धौलागेरी ६ मराङ


सम्बन्धित शीर्षकहरु

पञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ।…

सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा "श्रमिक सचेतना कार्यक्रम…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मंगलबार इरान विरुद्धको आफ्नो देशको १२ दिने द्वन्द्वमा "ऐतिहासिक विजय" को प्रशंसा गरे र तेहरानलाई यसको…

प्रतिकृयाहरू
...