Sunday 25th January 2026

एनआरएनए निर्वाचन समितिद्वारा मतदाता नामावली प्रकाशन


एनआरएनएको एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचनका लागि पहिलो लिस्टमा ६२५ जनाको मतदाता नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि योग्य ठहरिएका नामावली प्रकाशित गर्दै थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशित गरिने पनि समितिले जनाएको छ।
सर्वोच्च अदालतको परमादेशद्वारा गठित एनआरएनए उच्चस्तरीय समितिले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) मा काठमाडौँमा महाधिवेशन गरी नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ। जसको सदस्य सचिव अधिबक्ता लेखत बहादुर खड्का रहेका छन


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...