Wednesday 7th October 2026

चर्चित टिकटकर मिस पबीको १६ वर्षकै उमेरमा डिभोर्स


चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् । कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा भएको थियो, सक्कियो । यसमा पछुतो छैन’ उनले भनेकी छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ । लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ ।’

डिभोर्सकै कुरामा अल्झिए बस्न उचित नहुने उनको भनाइ छ । ‘डिभोर्सकै कुरामा बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो गर्‍यो त्यस्तो गर्‍यो भन्ने त्यो चाहिँ हुनुहुँदैन’ उनी भन्छिन् । बच्चा उमेरमै डिभोर्स भएको र अहिले बुझ्ने भएको उनको भनाइ छ । ‘अहिले म २५ वर्षकी भएँ । अहिले धेरै कुरा बुझेजस्तो लाग्छ । त्यतिबेला नबुझेजस्तो । कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ । जुन समाजबाट म आएकी छु, त्यहाँ त्यसरी हेरिन्छ’ मिस पविले भनिन् ।

आफूले जीवनमा धेरै राम्रो कुरा गरेपनि मान्छेले नराम्रो कुरा मात्र कोट्याउने गरेको दुःखेसो उनले पोखिन् । ‘मैले लाइफमा राम्रो कुरा पनि गरेकी छु नि । मान्छे नराम्रो कुरालाई निकाल्न खोज्छन । मैले असेप्ट गरे पनि नगरेपनि बच्चाको उमेरमा त्यस्तो भएको हो’ उनले भनिन् ।
डिभोर्सको कुरालाई इंगित गर्दै उनले भन्नि, ‘त्यो घटना मेरो लाइफको ठूलो दशा थियो, जुन कट्यो ।’ अहिले आउँदा त्यतिबेलाको कुरा सानो लाग्ने उनको भनाइ छ । अहिले पनि आफूसँग स्कुलका साथीहरू पनि साथमा नरहेको बताउँदै गर्दा उनले आँसु बगाइन् । कामको कुरा गर्दा, मिस पवि अहिले टिभी कार्यक्रम ‘कमेडी दरबार’मा ब्यस्त छिन् । उनी फिल्म ‘माग्ने राजा’ आबद्द भएकी छिन ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...