Saturday 22nd March 2025

अब रास्वपाले कित्ता क्लियर गर्न पर्छ


जब बिरालो लाई ढोका थुनेर कुट्न खोजिन्छ नि त्यसपछी उस्ले समाउने घाँटी नै हो । भ्रष्ट सत्ता अहिले त्यही अवस्थामा पुगेको छ ।

जनता को अवस्था यहि ब्यवस्था मा खोज्न सकिन्छ भनेर उदाएको रास्वपा लाई सिध्याउछु भन्ने काङ्ग्रेस र एमाले को अगाडी अहिले राजावादीहरुको चुनौती तेर्सिएको छ । उनीहरुले रास्वपा लाई निषेध गरे आफनो सत्ता सधै का लागि सुरक्षित रहन्छ भनेर देखेको सपनाले बाटो बदलिएको देखिन्दैछ । निषेधको राजनिती गर्न खोज्ने यीनको योजना तुहिने अवस्थामा पुगेको छ । रास्वपा ले भोगेको पिडा ले जनतालाई यीनिहरुको विकल्प यो वा त्यो पात्र वा रुपमा खोज्नु नै थियो यहि अवस्थामा पूर्व राजा देखा परिदिए । अब यिन को भबिस्य जोखिम मा पर्दै गएको छ ।

रबि माथी एक पछि अर्को रुपमा जसरी राज्यसत्ताले अराजनैतिक, अनैतिक र गैरन्यायिक रुपमा उनको राजनैतिक हत्या गर्ने कोशिस गर्यो र गरिरहेको छ त्यो देश र जनताको नजर मा कतै छिपेको छैन । जनताले उनिहरुले गरेको अन्याय लाई कतै समर्थन गरेका छैनन ।

रबि र रास्वपा को राजनैतिक मिसन ८४ लाई उनिहरु ले सखाप पार्ने योजना अन्र्तगत रबि लाई जसरी तारो बनाउदै गए त्यसले संसदीय ब्यवस्था को पाखन्डि रुप पनि देखिदै गयो । अन्ततः बुद्धि भ्रष्ट काङ्रेस एमाले नेता को दम्भ र सत्तालिप्सा ले यो ब्यवस्था कै बिरोध गर्ने शक्ति लाई पाइदा हुने अवस्था बन्दै गएको देखिन्छ र अब त्यही शक्ति को वरिपरि काङ्रेस एमाले इतर दल , संघ सस्था र ब्याक्ती हरु उभिन पुगेका छन । जनताले बुझे यहि नेतृत्व र व्यवस्थामा यीनको विरोध गर्ने कोहि सुरक्षित छैनन भन्ने देखियो ।

रास्वपा ले लोकतान्त्रिक माध्यम बाट राजनैतिक यात्रा गर्न खोजेको बाटो मा एम्बुस थापियो र गन्तव्य मा पुग्न पहिले नै सखाप पार्ने प्रपञ्च रचियो । यो ब्यवस्था भित्र जनताको अवस्था सुधार गर्छु भन्ने रास्वपाको निषेध प्रष्ट भए पछि अब उसले पनि सोच्न पर्दछ कि अवस्था फेर्न पहिले व्यवस्थथा नै बदल्नु पर्ने रहेछ । आशा छ रास्वपा को बुद्धिमान नेतृत्व परिस्थिती को आकलन गर्ने छ । गन्तव्य सम्भव छैन भनेर थाहा भए पछि बिकल्प खोज्नै पर्छ । हिजो जे सोचेको थियो त्यो गलत थिएन तर सम्भव पनि रहेन, गम्भीर भएर सोच्नै पर्छ र देशलाई खोक्रो पार्ने प्याधाहरुको विरुद्ध निर्णायक फैसला गर्न पर्दछ । भ्रष्टहरु माथी औला उठाउदा उनीहरु गर्दन रेट्न आउछन भने तिनिहरु को ब्यवस्था भित्र अवस्था बदल्न शान्तिपूर्ण र बैधानिक बाटो बाट कदापी सम्भव छैन । उनीहरुले सबै संवैधानिक अंगहरुमा हस्तक्षेप गरिसकेका छन । उनीहरुको विरुद्ध उभिनेहरुलाई झुठा मुद्दा माथी मुद्दा लगाएर थुन्ने हरु ले भोलि ज्यान लिन पनि बेर छैन । यस्तो ब्यवस्था को पुच्छर समातेर अब कोहि पनि बैतर्नी तर्न सक्दैनन ।

काङ्ग्रेस एमाले को दिन सकिदै गएको सन्केत देखिन थालेको छ । सत्ताको सुरक्षा घेरामा रहने केही नेताहरु प्रशासन को आडमा डुक्रदैछन । बाकी दुलो पस्ने तयारीमा छन । मानौ उनिहरु का कुरा सुन्दा यस्तो लाग्छ यो देशलाई उनीहरुले स्वर्ग जस्तै सुदर बनाएका छन । यहा कोहि गरिब छैनन, कोहि दुखी छैनन, देशमा चरम बिकाश भएको छ । स्वास्थ्य, शिक्षा कबुले गरे जस्तै निशुल्क छ । सुशासन त झन कस्तो हो कस्तो । रामराज्य नै छ जस्तो गर्दैछन ।

आजित जनताले अब यिनका भासण सुन्ने होइन अब जिब्रो थुत्ने बेला भैसकेको छ । यिनले हिड्ने बाटो मा फुल होइन ढुङ्गा बर्साउने अवस्था बनेको छ ।

रबि माथी गरिएको चरम अपराध यिनको बिनास को कारण बन्दै गएको छ भन्यो भने पत्याउनु हुन्न होला तर सत्य यहि हो । जनताले दुइ दुइ पटक सर्वाधिक मतले जिताएको जनप्रतिनिधि माथी जे जे गरियो त्यसले एमाले काङ्रेस कस्ता लोकतान्त्रिक पार्टी हुन बुझ्न कुनै दर्सन पढन पर्दैन ।

अमेरिकी रास्ट्रपति ट्रम्प लाई फौजदारी अभियोग मा दोषी देखाउदै फैसला गर्दा अदालत यति नरम देखियो कि उनलाइ नत जेल पठायो न त रास्ट्रपति बन्न बाट रोक्यो त्यस्को एउटै कारण थियो जनमत को कदर । यिनले त चितवनका जनताको कदर होइन उपहास, अपमान गरे । राजनैतिक अपरध गरे । कानून को आडमा त्यसका छिद्रहरुबाट छिरेर न्यायलय समेतलाई पुर्पक्षको आदेशमा नै दवाव र प्रभावमा राखे । धरौटी को नाम मा घाँटी मा हतियार दागे । रबि को बोली बन्द गराउन अझै उनीहरुले प्रताडना दिईरहेका छन । यो चरम अन्याय देखेर नेपाली जनता र स्वयम रास्वपा निरास देखिएको छ । यस्तो हालत मा मिसन ८४ संभव छ ? प्रश्न उठेको छ । त्यसबेला हुने निर्वाचनमा जनताको मत को स्वतन्त्र अभिव्याक्ति हुन सक्छ ? बिश्वास कसैले गर्न सक्दैनन । त्यहा निस्पक्ष निर्वाचन हुन्छ र जितिन्छ भन्दा पत्याउने अवस्था छैन । जब विश्वास गुम्छ तब त्यहाँ कुनै आस्था जिवित रहदैन । राज्य को नियत दुष्ट छ भन्ने थाहा भएपछी कसरी जनता धैर्यतापूर्वक टुलुटुलु हेरेर बस्न सक्छन ? बरु राजाबादी नै सहि । किन पर्खने ८४ ? बयासी मै यिनलाई किन नफाल्ने ? अहिले राजा फर्काउने महौल बन्नमा यहि मानशिकताले काम गरेको छ ।

राजतन्त्रको पक्षमा उर्लिएको जनसागर ले परिस्थिती यस्तो बन्दै गएको छ की अब एमाले काङ्ग्रेस मात्र होइन उनीहरुले माओबादीलाई पनि सत्तामा मिसाउन सक्नछन । त्यसो भयो भने अचम्म नमान्नु होला । यदि त्यसो भएन भने प्रचन्ड ले राजा सङ घाँटी जोड्न सक्छन राजनितीमा केही कुरा पनि असम्भव हुदैन । राजा कसैको चाहाना मा आउने न आउने कुरा रहेन । एक हिसाब ले उनको आगमन आवश्यकतामा रुपान्तरण हुदै गएको छ । अब जसरी १२ बुदे भएको थियो त्यसरी त्यही शक्तिको संयोजनमा राजा फर्कने वाला छ । त्यसलाई एमाले काङ्ग्रेस ले सहज रुपमा स्विकार गरे ४७ को सम्बिधान बिउतिन्छ र अस्विकार गरे दलिय ब्यवस्था सकिन्छ । बिचमा बस्न सक्ने अवस्था कसैको हुदैन । त्यसैले रास्वपा ले अहिले अवस्था बदल्ने बाटो बन्द भएका ले व्यवस्था बदल्ने निर्णयमा पुग्न जरुरी छ ।

रास्वपा ले यति बेला कित्ता क्लियर गर्ने बेला भैसकेको छ । नत्र उसलाई खोज्न पर्ने हुन्छ । यिनै एमाले,काङ्ग्रेस को पछि लाग्ने कि राजसस्था को अपरिहार्यता लाई स्विकार गर्ने ? यहाँ ब्यवस्था नबदले अवस्था त तिनको मात्र बदलिन्छ जो झोले झ्याम्टे, हुक्के चिलिमे, स्याहरे सुसारे छन ।

यो व्यवस्थाको विकल्प खोज्न पर्ने अवस्थामा पुरयाउने अरु कोही नभएर यीनै एमाले कांग्रेस हुन । यीनले बाडेका झुठा सपनाहरु लाई अझै पत्याएर यीनका पछि लाग्नु साँढेको झर्छ र खाउला भनेर स्यालले पछि लाग्नु जस्तै भएको छ । यति कुरा नबुझ्ने ले राजनिती बुझदा पनि बुझदैन या त स्वार्थका लागि उनीहरुलाई त्याग्न बुझेर पनि तिनलाई त्याग्न सक्दैनन । देशमा चरम गरिबी बढाएर, अन्र्तराष्ट्रिय ऋणको भारी बोकाएर देश कंगाल बनाउदा समेत चेत नखुल्नेहरु देश विरोधी हुन । यति कुरा बुझेका जनताले निर्वाचन मार्फत यहि प्रणालीमा सुधार नदेखे पछि बरु राजा ठिक भन्नु स्वभाविक हो नी । यीनीहरुबाट न देश बन्छ न यीनले अरुलाई मौका दिन्छन ।
-तोयानाथ उपेक्षित,


सम्बन्धित शीर्षकहरु

चोकको भीडले मेरो ध्यान खिच्यो। म त्यतै गएँ।मानिसहरूको भीडले एउटा अधबैँसे मानिसलाई घेरेर राखेका थिए।उनको हातमा मोटा पुस्तक थिए। मानिसहरू…

निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले…

स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो बोर्जिगिनले मृत्युको समयमा मस्तिष्कमा के हुन्छ भन्ने थाहा पाएपछि उनी छक्क परे । मृत्यु…

प्रतिकृयाहरू
...