Monday 26th January 2026

गाेबिन्द राज ओझा (राजन)को गीति कविताः यो देशको इतिहास…


यो देशको इतिहास पढनु पर्छ अब कुरा बुझ्नुपर्छ
नेपाल देशलाई चिन्न र चिनाउनु पर्छ
नेपाली भएर बाच्दा दिल खुसी हुन्छ
अब नेपाल र नेपालीको लागि सोच्नुपर्छ ।।१।।

नेपालको हितको लागि काम गर्नुपर्छ
यो देशलाई उज्यालो तिर लैजानु पर्छ
देशको माया कस्तो हुन्छ देखाउनु छ
देशमा सधै शान्ति हुनुपर्छ ।।२।।

सबै देश बासीमा एकता हुनुपर्छ
नेपाल आमाको भक्त भएर बाच्नुपर्छ
अखण्ड राष्ट्र नेपाल भनेर विश्वले चिन्नुपर्छ
देशको लागि बाच्न सिक्नुपर्छ ।।३।।

नेपाल आमालाई माया गर्न सिक्नुपर्छ
अब देशको बारेमा सोच्नुपर्छ
समृद्ध नेपाल बनाउन कम्मर कस्नुपर्छ
बुद्धको सन्देश संसारभरी फैलाउनु पर्छ ।।४।।

नेपाल देश शान्तिको देश भनेर चिनिनु पर्छ
पुर्खाको नासो यो देशलाई जोगाएर राख्नुपर्छ
राष्ट्र जोगाउनु हाम्रो धर्म हो कुरा बुझ्नुपर्छ
अब सबै मिलेर देश बनाउनु पर्छ ।।५।।

-गोबिन्द राज ओझा (राजन )


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...