Sunday 1st November 2026

दिप्त बस्नेतको कविताः गाउँले छोरा सहरीया छोरी


आफू परियो गाउँको छोरो
कदर कहाँ हुने रैछ सहरमा
जति राम्रो भए पनि हिरो
हेलत्वमा बाँच्नु पर्ने रहेछ सहरमा।

गाउँको मेरो महल
सहरियाको लागि गोठ
साफा लुगा लगाए गाउँको हिरो
सहरमा लगाउनु पर्ने कोट ।

माया रहन सहन मिले पनि
धनले गर्दा नमिल्ने रहेछ
छोरीको खुशी भन्दा पनि
महलको बासको मोह हुने रहेछ ।

छोराछोरीको खुसीमा
मख्ख गाउँको साथी
सहरियाको के कुरा गर्नु
खुसी हुन्छन् धनसंग सन्तान साटी ।

गाउले भन्ने थाहा पाए
ठेस लाग्ने सहरियाको मानमा
कतिन्जेल टिक्ने रहेछ
उनीहरूको खुसी महल र धनमा ।

-दिप्त बस्नेत


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...