Sunday 11th January 2026

पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा


नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

तनावपूर्ण खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना राना मगरले भारतका दुई खेलाडीको प्रहार रोकिन भने नेपालका ४ खेलाडीले गोल गर्दै जित दिलाए।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन। त्यसपछि १ घण्टा खेल रोकिएको थियो।

खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन्। त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउँदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।


सम्बन्धित शीर्षकहरु

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

प्रतिकृयाहरू
...