Tuesday 22nd October 2024

अझै बाउ को कांग्रेस र मामा को एमाले भनिरहने ?


माथि देखि तलै सम्म काण्डै काण्ड ले बनेका यी दुई ठुला दल ले नेपाली जनतालाई अन्धा र विवेकहिन देख्नु उनीहरुको अन्त्यको संकेत मान्न सकिन्छ । देशमा सहकारी काण्ड मा ८७ अरब को लुट नदेख्ने तर कहिकतै छानविन समिती ले संलघनता पुष्टि गर्न नसकेको रास्वपा सभापतिलाई ठग करार गर्न प्रतिशोधपूर्ण ढंगले जेल कोच्ने प्रपन्च जनताले स्वीकार गरिदिन पर्ने हठ देखाएको छ ।

रबि गृहमन्त्री हुदा खुल्दै गरेका तमाम भ्रष्टचारका फायलहरु बन्द गरेर तीनै भ्रष्टहरु ले रबि माथि अनेकौ झुठठा मुद्धा लगाई पक्राउ गरेका छन । उनीहरुको यो मुर्खतापूर्ण कार्यले नेपाली जनतामा निक्कै आक्रोश पैदा गरेको छ । तत्काल केही समय रबि लाई दुःख भए पनि अन्तत यो घट्ना ले रास्वपा लाई राजनैतिक रुपमा लाभ हुने देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली ले विगतमा उनलाई निर्दोष छन भनेर संसदमा के खाएर बोलेका थिए । यदि उनी दोषी थिए भने किन त्यसरी उनको समर्थनमा सतिसाल झै उभिए ? के त्यसबेला उनले धतुरो पिएका थिए ?

प्रचण्ड अहिले पनि रबि माथि प्रतिशोधपूर्ण कारबाही भयो भन्दैछन शायद उनी यति बेला कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका हुन्थे भने उनले पनि ओली को अहिले को भाषा बोल्ने थिए । यहाँ विश्वास र भरोषा गर्ने नैतिकवान नेताको खडेरी छ । रबि लामिछाने लाई प्रधानमन्त्रीको अफर कांग्रेसले गरिरहदा उनले ओके भनि दिएको भए के कांग्रेसले रबि लाई सहकारी ठगीको आरोप लगाउने थियो ? पक्कै थिएन । रबि ले पनि आफ्नो स्वार्थ हेर्थे भने अहिले यो देशमा कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका हुने थिए तर उनले त्यसो गरेनन । उनले कांग्रेसको समर्थनमा प्रम भएर भूटानी शरणार्थी काण्ड, बालमन्दिर जग्गा प्रकराण काण्ड, बासबारी जग्गा प्रकरण काण्ड, सुन काण्ड, पश्चिम नेपालको टिकापुर जग्गा काण्ड का फायलहरु खोल्न सक्ने थिएनन । यसो त उनले गिरिबन्धु काण्ड, कयान्टोमेन्ट काण्ड, यति ओम्नी को फायल खोल्न नसक्नु को कारण तिनकै समर्थनका गृहमन्त्री हुन परेको पिडा थियो ।

रबि गृहमन्त्री भएका बेला उनले भ्रष्टहरुका फायल नखोलेको भए तत्कालिन सरकार ढल्ने थियो त ? पक्कै पनि ढल्दैनथ्यो । आरजु सम्म पुग्न लागेका रबि का हात भोली गिरिबन्धु ,यति ओम्नी, हुदै ललिता निवास सम्म पुग्ने देखे पछि ओली ४ महिनामा नै डराए । रास्वपाको लोकप्रियता बढ्ने र आफ्ना दलहरु नांगिदै जाने भए पछि एमाले र कांग्रेस अप्रत्याशित रुपमा मिल्न पुगे ।

रबि ले आफू समस्यामा पर्न सक्ने बाटो आफै रोजेका हुन । आफ्नो शक्ति कमजोर हुदाहुदै पनि उनलाई यसो गर्न पर्ने बाध्यता थियो । पार्टीको दवाव थियो , जनताको अपेक्षा उनले केही गरुन भन्ने थियो । तर यी तमाम चुनौती को सामना गर्न उनीसँग संसदमा पर्याप्त सिट संख्या थिएन । तीसौ बर्ष देखि नेपालको राजनितीमा खेलेका, राज्यका सवै संयन्त्रमा पार्टी कार्यकर्ता भरेका राजनितीक दल एमाले र कांग्रेसलाई रबि ले थर्काएको मन परेको थिएन । उनीहरु ले रास्वपा लाई साईजमा राख्न र रबि लाई सिद्धयाउन धेरै अघि देखि प्रयासरत थिए तर कांग्रेस र एमाले मिल्न सकिरहेका थिएनन । आज जे भईरहेको छ त्यो कति विद्धेषपूर्ण र घिनलाग्दो छ भन्ने यति कुरा सामान्य भन्दा सामान्य नागरिकले नबुझेका होलान ? रबि जे चाहान्थे त्यो गर्नका लागि उनलाई पर्याप्त शक्ति छैन भन्ने बुझ्दा बुझदै पनि जुन हिम्मत र साहासका साथ उनीहरुको दरबारमा झण्डा गाडन शुरु गरे त्यसले २४ घण्टा भित्र एमाले र कांग्रेसलाई एउटै कित्तामा उभिने बाध्यता सृजना भयो ।

रबि ले केही गरेनन भनेर खिन्न हुने, गाली गर्ने , साथ छोड्नेहरुले अहिले पक्कै पनि थाहा पाएको हुन पर्दछ । रबिले किन धर्यतापूर्वक देश बुझिरहेका थिए । संसदमा अंकगणितको खेल अन्तत रविको आक्रामक एकसन पछि एकाएक कसरी बदलियो ? यो लोकतन्त्रको अभिशाप हो । यो संसदिय परिपार्टीको विकृत रुप हो ।

विवेक हुने कांग्रेसका कार्यकर्ताहरुले अहिले चन्द्र भण्डारी वा सुनिल शर्मा लाई बुझे हुन्छ । उनीहरु कांग्रेसको त्यो तहमा रहेर पनि सहि लाई सहि र गलत लाई गलत भन्ने हिम्मत राख्दछन । एमाले का केही नेताहरु पनि रबि को गिरप्तारी र उनीमाथि को अन्यायको विरुद्धमा छन तर त्यहाँ वाक स्वतन्त्रता नभएका कारण बोल्न सक्दैनन । एमाले मा ईश्वर पोख्रेल, सूर्य थापा र गोकुल बास्कोटाहरु पनि छन जसले देशमा छुद्र अभिव्याक्ति दिदै हिड्छन । कांग्रेसमा गगन थापा जस्ता गुण्डा नेताहरु प्रसस्तै छन जसले आफूलाई युवा त भन्छन तर बृद्ध नेता र भ्रष्टचारीहरुको जपतप मा आफ्नो शक्ति देख्दछन ।

अहिले रबि को राजनिती सिद्धयाउन ओली किन लागेका होलान भन्ने कुरा को थोरै चर्चा पहिले पनि भईसकेको छ । उनलाई अब अर्को गठबन्धन बनाउने अप्सन छैन । प्रचण्डले ओली माथि भरोसा गर्दैनन । माओवादी साथमा नलिए अर्को गठबन्धन बन्दैन । कांग्रेसले साथ छाडयो भने उनको दल को अवस्था नाजुक अवस्थामा पुग्दछ ।

कांग्रेसलाई त्यसमा पनि राणा कांग्रेस लाई रबि देखि भय छ । बाख्रे कांग्रेस गगन थापालाई डार्क फायल खुल्ला भन्ने डर छ । उनलाई रबि को चुनौती पनि छ जसलाई उनले स्वीकार गरेर राजनिती छाड्ने नैतिक दवाव छ । रबि नै नरहे आफ्नो जित उनले देखेका छन । विना प्रतिस्पर्दाको दौड जित्ने उनको सपना छ । यस्तो अवस्थामा रबि कांग्रेसको मुख्य तारो बने । यहाँ त्यति मात्र होईन, बाह् भाई मिडिया ले दशै खुब मज्जाले मनाएका छन । कैलाश सिरोहिया का लागि आजभोली ठुलो विजय उत्सव का दिनहरु हुन । यी सवै को दवाव मा ओली ले रबि लाई बलि चढाउन तयार भए । यसले उनको राजनैतिक नैतिकता र ईमान को दरिद्रता झल्काई रहेको छ । आफ्नो सत्ता जोगाउन उनी जे गर्न पनि तयार छन भन्ने यो गतिलो उदाहरण हो ।

जहाँ सम्म सहकारी को पिडित को कुरा छ त्यहाँ रबिको संलघनता गठबन्धनको सारा शक्ति र संयन्त्र परिचालन गर्दा पनि भेटेन भन्ने उनीहरुकै प्रतिवेदन को निश्कर्ष हो । तर पनि रबि समातिन्छन र छानविनका नाममा कसैको स्वभिमान माथि धावा बोल्न राज्य तल्लिन हुन्छ भने यहि हो सुशासन ? यहि हो लोकतन्त्र ? सहकारीको रकम एपी वान टेलिभिजनमा गएको छ । अन्य कम्तिमा ६० वटा संस्थामा लगानी जिबी राईको छ भन्ने आएको छ । सहकारीको रकम कांग्रेस उपसभापती ले आफै अपचलन गरेका छन । एमाले का सांसद ऋषीकेश पोखरेल ले हिनामिना गरेका छन , यस्ता सयौ एमाले कांग्रेसका नेता कार्यकर्ता घोटलामा प्रत्यक्ष वा परोक्ष संलघन छन तर तिन लाई छानविन नगरे पनि हुन्छ । यस्तो पनि देश हुन्छ ? यस्तो पनि शासन लोकतान्त्रिक हुन्छ ? यस्तो सरकार पनि जनताको हुन्छ ?

एउटा मुद्धा चलिरहेको व्यपारी ले एमाले लाई अरबौ रकम दान गर्दछ । अनि त्यसपार्टी ले नैतिकता र छानविन को दायरामा आउन पर्दैन ? नेकपा एमाले बाट नेकपा भाटभटेनी भई सक्दा पनि त्यसका माताहतका कार्यकर्तामा कुनै लज्जाबोध हुदैन ?

देश ३० बर्ष जसरी चल्यो त्यसरी नै चलोस भन्ने तिनका कार्यकर्ताहरुको चाहाना हो भने कुरा बेग्लै हो नत्र सोच्ने बेला भएन ? जुन देशको बजेट को आकार भन्दा रेमिटेन्स को आम्दानी धेरै हुन्छ । जनु देशका जनता जन्मदै एक लाख को हाराहारीमा ऋणी भएर जन्मन्छन के यहि खोजेको हो हामीले ? देश तस्करहरुको हातमा बुझाउने र एउटा गाविसमा सिफारिस लिन जादा समेत राजस्वको डरलाग्दो भारी बोक्न पर्ने र त्यसमाथि थप कर्मचारी लाई पैसा खुवाएर मात्र काम गर्न पर्ने व्यवस्था चाहेको हो ?

अति भो । केही गर्दछु भन्ने युवाहरुको देशप्रेम लाई कोपीलामा निमोठ्न खोज्ने तस्करहरुको हातमा देश गईसक्यो, अब नउठे कहिले उठ्ने ? अब नजागे कहिले जाग्ने ? यीनका झोला बोक्दा बोक्दै एउटा पिडी सिद्धिसको । अर्को पुस्ता ले देश छोडदो छ । अब पनि सहि रहने । अब पनि बाउ को कांग्रेस र मामा को एमाले भनिरहने ?
तोयानाथ उपेक्षित,


सम्बन्धित शीर्षकहरु

लुलु रिटेलले यो वर्ष UAE को सबैभन्दा ठूलो IPO को सुरुवात गरेको छ। नोभेम्बरको मध्यमा ADX मा 25% शेयर सूचीबद्ध…

इजरायलले सोमबार हिजबुल्लाहको वित्त विरुद्ध प्रभावकारी रूपमा युद्धको घोषणा गर्‍यो, आइतवारबाट सुरु भएको समूहको प्रमुख बैंकहरूमा हवाई हमला जारी राख्दै,…

माथि देखि तलै सम्म काण्डै काण्ड ले बनेका यी दुई ठुला दल ले नेपाली जनतालाई अन्धा र विवेकहिन देख्नु उनीहरुको…

प्रतिकृयाहरू
...