Tuesday 10th November 2026

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब – धेरै क्षेत्रमा पानी भरियो, विद्यालय र कलेजहरू बन्द


भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै उपनगरीय क्षेत्र डुबानमा परेका छन् ।

स्थानीय ट्रेनहरू रोकिएका थिए र मुम्बई आउने कम्तिमा 14 उडानहरू डाइभर्ट गर्नुपरेको थियो। भारतीय मौसम विभागले मुम्बई र यसको आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहान ८:३० बजेसम्म रेड अलर्ट जारी गरेको छ।

भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ ।
मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ। अविरल वर्षाको कारण, सेप्टेम्बर 25 मा थानेको मुम्ब्रा नजिकै राति 9:30 बजे पहिरो भयो। जसका कारण उक्त क्षेत्रमा तीन घण्टाभन्दा बढी समयसम्म ट्राफिक जाम भएको थियो ।

मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। पश्चिम मध्य र आसपासको उत्तरपश्चिम बंगालको खाडीमा आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेको छ ।


सम्बन्धित शीर्षकहरु

१० नोभेम्बर २०२६ | अन्तर्राष्ट्रिय राजनीति / इजरायलमा बेन्जामिन नेतान्याहुको सरकार विस्थापित गर्ने उद्देश्यसहित नयाँ सरकार गठनको प्रयास गरिरहेका पूर्वसैनिक…

कतारका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग इरानसम्बन्धी विषयमा गरेको छलफलमा सकारात्मक तथा महत्त्वपूर्ण प्रगति भएको बताएका…

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष…

प्रतिकृयाहरू
...