Friday 23rd January 2026

२१ सेप्टेम्बरदेखि प्रसारण हुँदै ‘द ग्रेट इन्डियन कपिल शो २’


भारतीय कमेडियन कपिल शर्माले ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजन ल्याउने भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार दोस्रो सिजन २१ सेक्टेबरदेखि प्रसारण हुनेछ। हालै शोको ट्रेलर सार्वजनिक गरिएको छ। जसमा अभिनेत्री आलिया भट्ट, जाहन्वी कपूर, निर्माता करण जोहर र दक्षिण भारतीय अभिनेता जूनियर एनटिआर, अभिनेता सैफ अली खान देखिएका छन्।
‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनमा कपिल शर्मा, अर्चना पूरन सिंह, सुनील ग्रोवर, कृष्णा अभिषेक, कीकू शारदा, राजीव ठाकुर जस्ता कलाकारको प्रस्तुति रहनेछ।
यही मार्च ३० मा कपिलको शो पहिलो एपिसोड प्रसारण भएको थियो भने जुन २२ मा अन्तिम एपिसोड प्रसारण भएको थियो। कमेडी शोको पहिलो सिजनमा १३ एपिसोड प्रसारण गरिएको थियो।

यस शोलाई दर्शकले निकै रूचाएका थिए। तर केही दर्शकले बारम्बार एकै खाल्को कुरा आएको भन्दै आलोचना समेत गरेका थिए।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...