Sunday 25th October 2026

चीनको स्याटेलाइट सहयोगले इरानको आक्रमण क्षमता बढाएको अमेरिकी दाबी


अमेरिकी गुप्तचर निकायले चीनले उपलब्ध गराएको स्याटेलाइट तस्बिर र गुप्तचर सूचनाका कारण इरानको सैन्य क्षमता उल्लेखनीय रूपमा बढेको जनाएको छ। यस सहयोगले इरानलाई होरमुज जलडमरूमध्यमा जहाजहरूको निगरानी गर्न तथा अमेरिकी सैन्य अड्डामाथि अझ सटिक आक्रमण गर्न मद्दत पुगेको बताइएको छ।

प्रतिवेदनअनुसार जुलाईमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा चिनियाँ भू–स्थानिक (जियोस्पेसियल) सूचनाले महत्वपूर्ण भूमिका खेलेको थियो। उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो।

अमेरिकी अधिकारीहरूका अनुसार चीन र रुसबाट प्राप्त प्राविधिक सहयोगले इरानका मिसाइल र ड्रोनहरूको लक्ष्य निर्धारण क्षमता सुधारिएको छ। यद्यपि चीनले यी आरोप अस्वीकार गर्दै अन्तर्राष्ट्रिय दायित्वको पालना गरिरहेको दाबी गरेको छ।

इरानको बढ्दो ड्रोन तथा मिसाइल क्षमताप्रति अमेरिकी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...