Sunday 25th October 2026

ट्रम्प र सीबीच मैत्रीपूर्ण भेटवार्ता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा आयोजित भव्य राजकीय भोजमा स्वागत गरेका छन्। दुवै नेताले अमेरिका–चीन सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भोजमा एलन मस्क, मार्क जुकरबर्ग, टिम कुक र साम अल्टम्यानसहित प्रविधि तथा व्यवसाय क्षेत्रका चर्चित व्यक्तिहरू सहभागी थिए। कार्यक्रम बाहिर भने केही प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका थिए।

ट्रम्प र सीले एकअर्काको प्रशंसा गर्दै वार्ता जारी राख्ने बताएका छन्। सी जिनपिङको तीनदिने अमेरिका भ्रमणअन्तर्गत शुक्रबार पनि दुवै नेताबीच थप भेटवार्ता हुने कार्यक्रम छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...