Friday 25th September 2026

हुथी आक्रमणपछि साउदी, टर्की र पाकिस्तान सक्रिय


यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश मन्त्रीहरूले क्षेत्रीय सुरक्षा र सहयोगका विषयमा छलफल गर्नेछन्।बैठकमा क्षेत्रीय सुरक्षा अवस्था र साझा प्रतिरक्षा उपायबारे छलफल हुने बताइएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै यमन सरकारले हुथी विद्रोहीहरूले महत्वपूर्ण समुद्री मार्गमा नियन्त्रण बढाएकाले विश्व व्यापार र अर्थतन्त्रमा असर पर्न सक्ने चेतावनी दिएको छ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेशकियानले अमेरिका नोभेम्बरअघि भएको समझदारी सम्झौतामा फर्किए इरान वार्ता अघि बढाउन तयार रहेको बताएका छन्। उनले युद्ध अन्त्य गर्ने निर्णय अमेरिकाको हातमा रहेको पनि उल्लेख गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायली नीतिले प्यालेस्टिनी जनताको अस्तित्व नै संकटमा पारेको आरोप लगाएका छन्। उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका आणविक पूर्वाधारमा आक्रमण गर्नु आफ्नो प्रधानमन्त्रीकालको “सबैभन्दा सजिलो निर्णय” भएको बताएका छन्।

उता रुस र इरानले पनि वर्तमान तनावको समाधान सैन्य होइन, कूटनीतिक वार्तामार्फत खोज्नुपर्नेमा जोड दिएका छन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...