Friday 25th September 2026

संयुक्त राष्ट्रसंघको महासभामा इजरायल, प्यालेस्टाइन र इरानको मुद्दा प्रमुख


संयुक्त राष्ट्रसंघको महासभाको तेस्रो दिन इजरायल, प्यालेस्टाइन र इरानका विषयले धेरै चर्चा पाए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको कडा आलोचना गर्दै इजरायलको सैन्य कदमको बचाउ गरे। उनको भाषणको विरोधमा न्यूयोर्कमा प्रदर्शन पनि भएको थियो।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भिडियोमार्फत सम्बोधन गर्दै गाजामा युद्धविराम लागू गर्न र इजरायललाई जवाफदेही बनाउन विश्व समुदायसँग आग्रह गरे। अमेरिका प्रवेश भिसा नपाएपछि उनले अनलाइनबाट सम्बोधन गरेका थिए।

त्यसैबीच, इरानले अमेरिका समक्ष होर्मुज जलडमरूमध्य पुनः खोल्ने र वार्ता पुनः सुरु गर्ने प्रस्ताव पेश गरेको जनाएको छ।

त्यसै गरि नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औंल्याएका छन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...