Wednesday 18th September 2024

चित्रमा पञ्चाङ्ग, भाग-१२५


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

पञ्चाङ्ग १
भोको राख्न सकिँदैन आज माछा समाउँछु खुवाउँछु
मैले काम पाएँ भने अर्को दिन कमाउँछु खुवाउँछु
बाहरू छाडी जान्छन् चिन्ता आमाहरूको आँखामा हुन्छ
पर्छपर्छ पासोमा आस मनमा थमाउँछुु खुवाउँछु
धेरै शिकार पर्यो भने सन्चिती जमाउँछु खुवाउँछु ।

भेटेँ भने खाने कुरा सन्तानलाई खुवाउँछु मैले
मरेँ भने उनीहरूलाई नि सँगै रुवाउँछु मैले
जे जे पर्छ पर्छ आज खाइदिउँ कि आहारा यो सबै
मिल्छ भने टुक्राटुक्री बालको मुख छुवाउँछु मैले
पाएसम्म पेट भर्ने हो नत्र आँसु चुवाउँछु मैले ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

सन्तानको निम्ति दिनरात नै मेहनत गर्छिन् आमा
आफू मरिमेटेर पनि सन्तानको पेट भर्छिन अमा
सन्तानको सफलतामा तृप्त हुन्छिन् आमा सधैभरी
सन्तानकै खुसी भर्न अनवरत नै लागिपर्छिन आमा
सन्तानको भोगविलासका निम्ति अघि सर्छिन आमा।
खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

पञ्चाङ्ग ३

आफै तालमा परेको छ ।
अनि गालमा परेको छ ।
कठै विचित्र समयले,
माछा जालमा परेको छ ।
र त कालमा परेको छ ।
– आर्त अकुलीन

पञ्चाङ्ग ४

पार्छन् सबैले एक आर्कालाई जालमा,
बनी खाश अबस्था दाई भाई जालमा।
मान्छिको जात हुनेगर्छ सबैको काल
नास्ता बनाउँछन् माछा समाई जालमा
किन थापेका आफुले नखाई जालमा ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ५

आफैँ जोखिममा परेर काम गर्नु छ
दु:ख कष्टका अनेकौं जँघार तर्नु छ
यहि त रहेछ हामीहरुको जिन्दगी
भोको पेटलाई जसरी पनि भर्नु छ
माछाले झैँ प्रलोभनमा फसी मर्नु छ ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३काभ्रे

पञ्चाङ्ग ६

सन्तानलाई सबैले माया गर्ने रहेछन्
सन्तान बचाउनलाई ती मर्ने रहेछन्
आस गर्ने गरेका बच्चाहरूले आमाको
आमाको काखमा बच्चाहरू सर्ने रहेछन्
आमा नहुँदा आँखामा आँसु भर्ने रहेछन् ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ७

व्यथा मनमा तुवाउने आमा
दुखमा आँसु चुवाउने आमा
आमा साक्षात देबी हुनुहुन्छ
सन्तानहरु खुवाउने आमा
टुहुरालाई रुवाउने आमा ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग ८

कोहीछैन यो मनमा तिमीजस्तो आमा
कोहीछैन यो तनमा तिमीजस्तो आमा
शून्य शून्य हुन्छसारै तिमीबिना घरपनि
कोहीछैन यो जनमा तिमीजस्तो आमा
कोहीछैन यो बनमा तिमीजस्तो आमा ।

खोम काफ्ले,
दागाना,निचुला,भूटान ।

पञ्चाङ्ग ९

आमाको सन्तानलाई खुवाउने भार जिम्मेवारी
पालन पोषणको जहिल्यै हुन्छ चार जिम्मेवारी
संसारका जीव जनावरदेखि किरा फटयांग्रो
सम्म सम्पूर्ण वस्तुहरूमा यस्तो तार जिम्मेवारी
अन्यत्रबाट सहयोग मात्रै आमा टार जिम्मेवारी ।

भगवती दवाडी

पञ्चाङ्ग १०

सन्तानको खुशीको लागि लर्छिन आमा
भोकतिर्खा बिर्सिएर मेहनत गर्छिन् आमा
दुःख कष्ट बिर्सिएर खुशी हुन्छिन् उनी सधैँ
भोको पेटलाई जसरी पनि भर्छिन आमा
संसारको उच्च दर्जामा नै पर्छिन आमा ।

कला ढकाल झापा

पञ्चाङ्ग ११

आहाराको साहारा जालमा परेछ
अर्कालाई मार्ने नै कालमा परेछ
प्रकृतिको नियम नै अचम्मको छ,
माछा मार्ने जलारी छालमा परेछ
आखिरीमा कहानी गालमा परेछ ।

घनश्थाम पौडेल, पोखरा

पञ्चाङ्ग १२

अनेक कष्ट गरेर आमाले खाना ल्याउँदै छिन्
सन्तानको आङ ढाक्न बलियो नाना ल्याउँदै छिन्
परिवारको मुहार खुसी देख्ने चाहना हुन्छ
पवनले उधारिएको टाल्न छाना ल्याउँदै छिन्
शिक्षाको दियो बाल्न पुस्तकको पाना ल्याउँदै छिन् ।

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग १३

आज भोकभोकै मरेँ म
पेट भर्न अघि सरेँ म
जीवन यस्तै हो भनेर ,
ज्यान मारी पाप गरेँ म
बच्चा लागि पेट भरेँ म ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १४
हो आफ्नो भागको गास कटौती गरेर खुवाउँछु बचेरालाई
भए मिठो नभए पिठो पेट भरेर खुवाउँछु बचेरालाई
यदी रातो रगत कालो पार्ने स्थान पाईन भने जहिल्यै मैले
वल्लो पल्लो सदियारको भर परेर खुवाउँछु बचेरालाई
आफ्नो वेदनाको पोको फुकाई छरेर खुवाउँछु बचेरालाई ।

सीमा कार्की समर्पण
मेलचोक पर्सा

पञ्चाङ्ग १५

यो सृष्टिलाई आमाको मायाले कसेको हुन्छ
आफ्नै सन्तान सधैं दिलभित्र पसेको हुन्छ
आफ्नो सन्तानको लागि आहारा खोजौ है भन्दा
थाहै नपाई पासोमा आमा नै फसेको हुन्छ
मायाजालको त्यो पासोमा काल बसेको हुन्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १६

आमा नै हुन् सन्तानको लागि मरिहत्ते गर्ने यहाँ
भोको बसेर भए पनि सन्तानको पेट भर्ने यहाँ
छैन है कुनै आनाकानी अफ्ठ्यारो गार्हो वहाँलाई
आफ्नो सन्तानको निम्ति जसरी नी अघि सर्ने यहाँ
सानो होस् या ठुलो बराबरी माया गरेर छर्ने यहाँ ।

सरस्वती श्रेष्ठ इटहरी

पन्चाङ्ग १७

नानी बाबू चिची पापा पूरा गर्छिन् आमा हाम्री
टिसर्ट र प्यान्ट अनि लागि पर्छिन् जामा हाम्री
जमानाको मु्ल्य छैन दुःख सधैँ गर्ने काम
बिरामीमा जाउलो त्यो अनि तार्छिन् तामा हाम्री
माछा पार्न जाल पार्छिन् अति गर्ने धामा हाम्री ।

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग १८

यहाँ उस्तै उस्तै सबैको चाल छ
खाने,खाइनेको एउटै हाल छ
छिटो जाल फाल है फुत्केला माछा
दुवै मृत्युको मुखमा क्या माल छ,
एक अर्को बेमतलब बाल छ ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १९

मान्छेलाई पैसा सामान किन्न लाग्छ
ईन्तजारको घडि अति भिन्न लाग्छ
अरूको सेवामा आफै फसिने डर
धेरै समय राम्रो रुप चिन्न लाग्छ
सत्यलाई नबुझ्दा मन खिन्न लाग्छ ।

चन्द्रवती शर्मा
भूटान

पञ्चाङ्ग २०

एउटा जीवले अर्कोलाई पछार्नुपर्ने
खाने आस देखाएर जालमा पार्नुपर्ने
विडम्बना प्रकृतिको नियम हेर यहाँ
अर्कालाई मारी घर लगेर तार्नुपर्ने
एउटा बचाउन अर्कोलाई मार्नुपर्ने ॥

दुबै आमाले सन्तानलाई खुवाउनुपर्ने
एउटीका बच्चा हाँस्दा अर्का रुवाउनुपर्ने
नियम प्रकृतिको अचम्मको छ हेर यहाँ
कतै रमाउने कतै आँसु चुवाउनुपर्ने
हे दैव ! यस्तो जीवहिंसा नसुवाउनुपर्ने ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग २१

घरमा अन्नको छैन दाना माछा मार्नु छ
भोकै छन् छोराछोरी ससाना माछा मार्नु छ
आजको गर्जो टार्नु छ जसरी पनि मैले
खुवाउनु बनाएर खाना माछा मार्नु छ
उभ्रेको खान्छु म एक चाना माछा मार्नु छ ।

पृथक प्रकृति ,झापा

पञ्चाङ्ग २२

एक आमाले अर्की आमा तानेर ल्याइन्
खाद्य शृङ्खलाको चक्रमा बानेर ल्याइन्
मृत्युको भेष बदली चारोले झुक्याइ
सन्तानकै कारण बल्छी हानेर ल्याइन्
अरू कसैकी प्यारी आमा छानेर ल्याइन् ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग २३

केही पाउने आसमा छ समय
प्रतीक्षा गर्ने खासमा छ समय
आमाको काममा के हुन्छ होला खै
स्वार्थीहरू कै पासमा छ समय
भोगिने यही त्रासमा छ समय ।

प्रेम थापा “मन”बागलुङ


सम्बन्धित शीर्षकहरु

अल-मुजैनी एक्सचेन्ज कम्पनीले मुबारक अल कबीरमा आफ्नो नयाँ शाखा खोलेको छ । कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

छत्तीसगढको सुकमा जिल्लाको कोन्टा थाना क्षेत्रमा बोक्सीको आशंकामा पाँच गाउँलेमाथि लाठी प्रहार गरिएको छ । माओवादी प्रभावित जिल्लाको एट्कल भन्ने…

प्रतिकृयाहरू
...