Saturday 15th August 2026

पुटिनलाई मङ्गोलियामा गिरफ्तार गर्नुपर्ने -अन्तर्राष्ट्रिय फौजदारी अदालत


अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को हप्ता मङ्गोलियाको भ्रमण गरेमा मङ्गोलियाली अधिकारीहरूले उनलाई पक्राउ गर्ने “बाध्यता” रहेको बताएको छ। पुटिनले अर्को हप्ता मंगलबार मङ्गोलियाको भ्रमण गर्न सक्नेछन्। पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो पटक हो ।

आईसीसीका प्रवक्ता डाक्टर फादी अल-अब्दल्लाहले शुक्रबार बीबीसीलाई भने कि अदालत मंगोलिया लगायतका सदस्य राष्ट्रहरूमा “आफ्नो आदेशको पालना गर्न” निर्भर छ। उनले आईसीसीका अन्य सदस्य राष्ट्रहरू जस्तै यसमा सहयोग गर्नु मङ्गोलियाको दायित्व भएको बताए । मार्च २०२३ मा, आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो। अदालतले युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको र रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनी बालबालिकालाई अवैध रूपमा रुस छोड्नबाट रोक्न नसकिएको अदालतले जनाएको छ । तर, रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ । आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको थियो।

रुसले के भन्यो ?
युक्रेनी अधिकारीहरूले पुटिनलाई मङ्गोलिया पुगेपछि पक्राउ गर्न माग गरेका छन्। युक्रेनी विदेश मन्त्रालयले भने कि “उनीहरु आशा छ कि मंगोलियाले पुटिन युद्ध अपराधी हो भनेर थाहा पाउनेछन्।” यद्यपि, क्रेमलिनको राष्ट्रपति कार्यालयले पुटिनको भ्रमणको बारेमा “कुनै चिन्ता” नभएको बताएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मंगोलियामा हाम्रा साझेदारहरूसँग हाम्रो राम्रो सम्बन्ध छ। यद्यपि हामीले राष्ट्रपतिको भ्रमणको तयारीमा सबै सावधानी अपनाएका छौं।”

आदेश पालना नगरे कारबाही हुन सक्छ
आईसीसीका प्रवक्ता डा अब्दल्लाह भन्छन् कि यदि कुनै सदस्य देशले “आदेशको पालना गर्न अस्वीकार गर्यो” भने आईसीसी न्यायाधीशहरूले त्यसमा नजर राख्नेछन् र सदस्य देशहरूको बैठकमा यसबारे छलफल हुनेछ। यसपछि ‘आवश्यक देखिए जस्तोसुकै कारबाही हुनेछ।

ICC सँग कसैलाई गिरफ्तार गर्ने अधिकार छैन, र यसका आदेशहरू पालना गर्न यसको सदस्य राष्ट्रहरूमा निर्भर गर्दछ।


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...