Thursday 12th September 2024

हाइपरमार्केटले ‘पुस्तक दान गर्नुहोस्, खुशी कमाउनुहोस्’ अभियान शुरू गर्यो


लुलु हाइपरमार्केटले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा स्कूल जाने सिजनसँग मिल्दोजुल्दो ‘पुस्तक दान गर्नुहोस्, खुशी कमाउनुहोस्’ अभियान सुरु गरेको छ।

यस अभियानको उद्देश्य ग्राहकहरूलाई उनीहरूको मन परेका पुस्तकहरू दान गर्ने संस्कृतिलाई बढावा दिन प्रोत्साहित गर्नु हो । ज्ञान साझेदारी र शैक्षिक आवश्यकताहरूलाई समर्थन गर्ने यस अभियान अन्तर्गत २८ अगस्तदेखि १५ सेप्टेम्बर सम्म आमाबाबु र बच्चाहरूले कुनै पनि लुलु हाइपरमार्केटका अाउटलेटहरूमा कक्षा १ देखि १२ कक्षासम्मको विद्यालय पाठ्यपुस्तकहरू दान गर्न सक्छन् ।

दान गरिएको प्रत्येक पुस्तकको लागि, उदार दातालाई १००० लुलु खुशीले पुरस्कृत गरिनेछ। ती अंकहरू जुन रोमाञ्चक पुरस्कार र छुटहरूको लागि रिडिम गर्न सकिन्छ। दान गरिएका पुस्तकहरू सङ्कलन गरिनेछ र आवश्यक पहुँच नभएका विद्यार्थीहरूलाइ निःशुल्क प्रदान गरिनेछ ।
विद्यार्थीहरूलाई कुनै पनि आर्थिक बाधा बिना शिक्षा हासिल गर्न सकुन भनेर यो अभियान संचालन गरिएको लुलुले जनाएको छ । यस क्षेत्रको अग्रणी खुद्रा विक्रेताले ग्राहकहरूलाई आफुले पहिले पढेका पुस्तक दान गरेर यस महान कार्यमा सहभागी हुन आग्रह गरेको छ । कुवेतमा विद्यार्थीहरूको जीवनमा प्रभाव पार्न सक्ने पुराना मन पर्ने पाठ्यपुस्तकहरू दान गरेर ज्ञान फैलाउन र सकारात्मक उर्जा प्रदान गर्न लुलुले यो अभियान गरेजस्तै वर्षभरि नै समाजप्रति उत्तरदायी बन्ने विभिन्न अभियान गर्ने गरेको छ ।


LuLu Hypermarket supports community giving with ‘Donate a Book, Earn Happiness’
campaign
LuLu Hypermarket, as part of their Corporate Social Responsibility (CSR) initiatives, has
launched a heartwarming ‘Donate a Book, Earn Happiness’ campaign to coincide with the back-
to-school season.
The campaign aims to encourage customers to donate their pre-loved books, fostering a culture
of sharing knowledge and supporting educational needs. From 28 August to 15 September,
parents and children can donate school textbooks for 1st to 12th grade at any LuLu
Hypermarket outlet in Kuwait.
For every book donated,the generous donor will be rewarded with 1,000 LuLu Happiness
points, which can be redeemed for exciting rewards and discounts.
The donated books will be collected and students who may not have access to necessary
textbooks can secure them without any charges or obligations. This aims to ensure that all
students have the opportunity to pursue their education without financial constraints.
The region’s leading retailer urges customers to participate in this noble cause by donating their
pre-loved textbooks. Join LuLu Hypermarket in spreading knowledge, and making a positive
impact in the lives of students in Kuwait.


सम्बन्धित शीर्षकहरु

मिस युनिभर्स नेपाल २०२४ को बिजेता सम्पदा घिमिरे भएकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा…

बन्धकहरू र बेपत्ता व्यक्तिहरूका लागि इजरायलका मुख्य वार्ताकार, गल हिर्शले हमास नेता याह्या सिनवारलाई कैदमा रहेका १०१ बन्धकहरूको बदलामा गाजाबाट…

चीनले सन् २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रमा आधार बनाउने योजना बनाएको छ । चीनले खुलासा गरेको छ कि यसको…

प्रतिकृयाहरू
...