Tuesday 24th March 2026

नेपालका स्पाइनल कडका बिरामीलाइ कुवेतबाट अार्थिक सहयोग


नेपालका स्पाइनल कड पीडितलाइ कुवेतबाट अार्थिक सहयोग प्रदान गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका – १०, कोलम्फे घर भएका निरज थापालाइ कुवेतस्थित नेपालीहरूबाट संकलित रू १००००० अक्षरूपी एकलाख रूपैयाँ सहयोग गरिएको हो । स्पाइनल समस्याको कारण हात खुट्टा नचल्ने भएर बिस्तारा परेका थापाको उपचार सहयोगार्थ सो रकम पठाइएको हो ।

घरायसी अार्थिक स्थिति निकै कम्जोर भएका कारण घर परिवारले अस्पतालमा उपचार गराउन असमर्थ भइ अस्पतालबाट घर फिर्ता ल्याइएको एवं स्पाइनल कडको समस्याको कारण बिस्ताराबाट हलचल गर्न नसक्ने भएर उपचार सहयोगार्थ देश विदेशमा रहेका नेपालीहरूसँग हार गुहार मागेपछि कुवेतस्थित पत्रकार शिवराम पाैडेलले निज थापाको सहयोगार्थ चन्दा बाकसमार्फत सहयोग संकलन गरि नेपाल पैसा पठाइएको हो ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...