पाल्पा जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। तानसेन मुख्यालय भएको जिल्लाले १,३७३ किमी २ (५३० वर्ग मील) क्षेत्रफल ओगटेको छ र जनसंख्या २४२, ४२३ छ। पाल्पा जिल्ला पोखराबाट धेरै टाढा छैन र बसबाट सजिलै पुग्न सकिन्छ। जिल्लामा १० स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ८ गाउँपालिका छन् । त्यसमध्ये बगनासकाली गाउँपालिका एक हो । सोही ठाउँको बराङ्दी अर्थात वडा नं. ८ को मध्य वर्गिय परिवारमा पिता टिकाराम बस्याल र माता केशरी बस्यालको कोखबाट जन्मिएका सुशील बस्याल १६ वर्ष देखि सामाजिक काममा सक्रिय हुँदै आएका छन् भने उनले १८ वर्षको उमेरबाट राष्ट्रियताको बिजाकुंर सहित जैविक विविधता एवं वातावरणको संरक्षणमा जोड दिदैँ एक घर एक लालिगुँरास अभियानमा निरन्तर लागेका छन् । उनले १८ वर्षको उमेरमा राष्ट्रप्रेमी बोलको गित समेत सार्वजनिक गरेका थिए । उनी साहित्यमा पनि उत्तिखै दख्खल राख्ने व्यक्तिमा चिनिन्छन् ।
गुराँस आफैमा सौन्दर्य हो । गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरतिर खेर गईरहेको गुरासलाई उपयोग गरी जुस बनाउने कार्य सफल रुपमा सम्पन्न भइसकेको छ । गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ । स्वादिलो पनि, घाँटी दुखेको बेला वा घाँटीका केही अड्किएमा गुराँस खान दिइन्छ । कलेजो तथा मिर्गौलाको समस्या भएमा पनि गुराँस सेवन उपयोगी मानिन्छ । हृदयरोगमा गुराँसको जुस सेवन गर्दा फाइदा मिल्छ । लालिगुँरास बहुउपयोगी औषधि प्रयोजनको लागि बहुमुल्य फुल पनि हो । यसको फुल बाट लिक्वड जुस तथा टाउको दुख्ने, पखला लाग्ने औषधि समेत हो । एक अध्ययनले लालिगुँरासको पात बाट प्राप्त हुने फेनोलिक एसिडमा एच आई भीको प्रतिरोधात्मक शक्ति बढाउने तत्व पाइने देखाएको छ, जुन दुर्लभ औषधि हो । साथै उक्त अध्यनले मधुमेह र बाथ रोगको लागि पात र फुल बाट औषधि बनिरहेको समेत बताएको छ ।
अभियन्ता सुशील बस्यालले आफ्नो विचार राष्ट्रियताको सवालमा फराकिलो र स्पष्ट रहेको बताउँदै आफुलाई राष्ट्रप्रेमीको उपनामले परिचय समेत गराउँन्छन् । त्यसो त गहुँगोरो वर्णमा गोलाकार मोहोडा भएका बस्याल उचाई र मोटाइमा समेत उमेर अनुसार फिटिङ नै देखिने उनी लालिगुँरास अंकित पाल्पाली ढाका टोपी र ढाका स्टकोटमा समेत देखिँदा उनको राष्ट्रियता प्रतिको सोचमा कुनै खोट नभएको नजरअन्दाज गर्न सकिन्छ । उनी अहिले आफ्नो जिवनको दुई दशक बाट भर्खर पाइला चाल्दै छन्, राष्ट्रप्रेमी बस्याल नामले चितपरिचित सुशील आफ्नै गाउँको वसन्त आधारभुत विद्यालयका विज्ञान विषयका शिक्षक समेत हुन् । उनले आफ्नो दैनिकीलाई स्वरोजगार सहित अभियानलाई अगिंकार गर्दै समाजसेवामा खुबै व्यस्त छन् । उनलाई दिनको कम्तिमा १०० भन्दा बढी फोन मात्रै आउने उनले बताउन्छन् । त्यसो त बस्यालको यो अभियानमा उनले भरपुर साथ र सहयोग पाएको देख्न सकिन्छ ।
उनले यो वर्ष पनि आफ्नो विद्यालयको बर्खे विदालाई सदुपयोग गर्दै लालिगुँरासको राजधानी भनेत चिनिने तेह्रथुम बाट इटहरी, इटहरी बाट बुटवल, बुटवल बाट पाल्पा सम्म समन्वय गरि लालिगुँरासका बिरुवा झिकाएर लालिगुँरास रोप्नमा निकै व्यस्त रहेका छन् ।उनले पाल्पा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायको हिसाबले हब रहेको कुरा दावी गर्दै पर्यटकहरुलाई चाइनिज खादाको सट्टामा राष्ट्रिय फुल लालिगुँरास बाट स्वागत गर्न आवश्यक रहेको बताउन्छन् ।
लालिगुँरास हुने क्षेत्रमा अन्य बोटबिरुवाका पात झरेर वातावरण उजाड देखिए पनि राष्ट्रिय फूल लालीगुराँसले भने वनपाखा उज्यालो बनाएको हुन्छ । विज्ञले निकै लामो अध्ययन गरेर राय सुझाव दिएपछि तत्कालीन राजा महेन्द्रले २०१९ सालमा लालीगुराँसलार्ई राष्ट्रिय फूल घोषणा गरेका थिए।राजा महेन्द्रले २०१९ साल पुस १ मा सार्वजनिक गरेको संविधानमा राष्ट्रिय फूल लालिंगुँरास सहित अन्य राष्ट्रिय पहिचान समेटिएको थियो।त्यसपछि रूख आकार अर्थात् वृक्ष कदको लालीगुराँसले राष्ट्रिय पहिचान पाएको हो। नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस पाइन्छन् । नेपालको पूर्वीभेगका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमलाई जोड्ने संगमस्थल तीनजुरे, मिल्के, जलजले टीएमजेमा लालीगुराँसको जंगल लै छ। पाल्पाका सामुदायिक बनमा पनि लालिगुँरास फुल्दा मनमोहक दृश्य देखिन्छ । लालिगुँरास हुँदैमा यसका बिरुवा प्रशस्त भने पाउन मुस्किल नै हुन्छ । पाल्पाको बगनाशकालिमा जन्मिएका सुशील बस्याल राष्ट्रप्रेमीले कहिँले ताप्लेजुङ कहिले तेह्रथुम बाट लालीगुँरासका बिरुवा मगाएर रोप्दै हिडिरहेका छन् । २१ वर्षिय युवकको राष्ट्रिय पहिचान सँग जोडिएको वातावरण संरक्षण सँग सम्बन्धित यस अभियानलाई गम्भीर चक्षुले हेरिएको छ ।
राष्ट्रियताको नजरले होस् या त जैविक विविधताको संरक्षणका चक्षुले किन नहोस् । वातावरण संरक्षणका लोचनले होस् या त औषधिको लागि उपयुक्त जडिबुटीको नयनले किन नहोस् । वातावरणिय सौन्दर्यताको लागि होस् या त पर्यटकिय प्रवर्द्धनको लागि किन नहोस् । २१ वर्षिय सुशील बस्यालको यो अभियानमा एकमतले साथ दिन दुई पटक सोच्नु पर्दैन् । पासपोर्ट बनाएर झोला बोकेर खाडी मुलुकमा जाने लहरमा, राजनैतिक वितृष्णा सहित अस्थिरता सँगै अर्थतन्त्रले एककोहोरो पिसलिरहेको विद्यमान जर्जर परिस्थितिमा उनी टिक्न सकेर बिक्न सक्नु नै उनको उदाहरणीय संघर्ष हो ।