Wednesday 25th March 2026

नेपाल पत्रकार महासंघ कुवेतले “विदेश विमर्श” र पत्रकार सम्मान गरि १५ अाैं वार्षिकोत्सव मनायो


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले “विदेश विमर्श” र पत्रकार सम्मान गरि १५ अाैं वार्षिक उत्सव मनाएको छ ।

कुवेतको खैतान स्थित राजधानी रेष्टुरेण्टको सभाहलमा हिँजो २ अगष्ट २०२४ शुक्रबारका दिन संस्थाका अध्यक्ष एकराज मल्ल(राज मल्ल)को सभाध्यक्षता, कुवेतका लागि नेपाली राजदूत महामहिम श्री घनश्याम लम्सालको प्रमुख अातिथ्यता, नेपाली राजदूतावासका प्रथम सचिव प्रेमराज गाैतम एवं एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, महासंघका संरक्षकहरू जय अाले तथा नवराज पन्थीको विशेष अातिथ्यता एवं कुवेतको नेपाली समाजमा कृयाशिल संघ संस्थाका पदाधिकारी/प्रतिनिधिहरूको अातिथ्यता र कुवतमा कृयाशिल मिडिया हाउसका सम्पुर्ण मिडियाकर्मीहरूको समुपस्थितिमा १५ अाैं वार्षिक उत्सव मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत लम्सालले शुभकामना मन्तव्य दिनुहुँदै समाज सुधारको लागि यस किसिमका गतिविधि नियमित रूपमा हुनुपर्ने बताए भने शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूले महासंघको यस कार्यक्रमको सराहना गर्दै पुरस्कृत व्यक्तित्वलाइ हार्दिक बधाइ तथा शुभकामना दिएका थिए । शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूमा एनसीसी कुवेतका अध्यक्ष लामा, कार्यक्रमको प्रमुख प्रायोजक अलमुजैनी एक्सचेन्जका विजनेट डेभलपमन्ट मेनेजर लगायतका वक्ताहरू रहेका थिए ।

वार्षिकउत्सव कार्यक्रममा “विदेश विमर्श” शिर्षक अन्तर्गत कुवेतको नेपाली समाजमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने लव्ध प्रतिष्ठित व्यक्तित्वहरूसँग समसामयिक विषयमा परिसंवाद शैलीमा विमर्श गरिएको थियो । विदेश विमर्श कार्यक्रममा खास गरि वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेका नेपाली श्रमिकहरूका समस्याहरू, श्रमिकहरूका सेवा सुविधा वृद्धि, विदेशबाट मतदान गर्न पाउने विषय लगायत श्रमिक मैत्री कार्य गर्न तथा श्रमिक सचेतना कार्यक्रम गर्न दूतावासको भूमिक, संघ संस्थाको भूमिका, राजनीतिक दलका भातृसंगठनहरूको भूमिका, कुवेतमा उद्यम गरीरहेका व्यवसायीहरूको भूमिका,वैदेशिक रोजगारसँग सम्वध्द व्यवसायीहरूको भूमिका विषयमा कुराकानी भएका थिए ।

विदशे विमर्श कार्यक्रमका अतिथिहरूमा नेपाली राजदूतावास कुवेतबाट प्रथम सचिव प्रेमराज गाैतम, एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाली जन-सम्पर्क समिति कुवेतका सभापति केशर घलान तामाङ, एनअारएनए कुवेतकी महिला उपाध्यक्ष रमिता योन्जन र सफल युवा व्यवसायी प्रेम गुरूङ रहेका थिए भने महासंघका तर्फबाट अध्यक्ष एकराज मल्ल (राज मल्ल), संरक्षक नवराज पन्थी, सल्लाहकार अानन्द अाचार्य र पत्रकार शुरेश बुढाथोकी “फकीर” सहजीकरण गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा घोषणा गरिएको स्वः माधव शाही स्मृति परोपकारी पत्रकारीता पुरस्कार-२०२४ बाट पत्रकार अानन्द अाचार्यलाइ सम्मानित गरिएको थियो भने पुरस्कार घोषणा महासंघका संरक्षक जय अालेले महासंघको स्थापनाकालदेखि हालसम्म अाइपुग्दाको महासंघको अारोह अवरोहको संक्षिप्त प्रस्तुति मार्फत गरेका थिए । सम्पूर्ण मिडिया हाउसहरुलाई प्रसंशा पत्र र सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको उक्त कार्यक्रममा महासंघका तर्फबाट सदस्य प्रेम कुमार जिमीले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरूलाइ स्वागत गरेका थिए भने उपाध्यक्ष चन्द्र गोतामेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...