Saturday 5th July 2025

मुकुल ढकाल रास्वपाबाट पदमुक्त साधारण सदस्य मात्रै रहने गरी कारबाहीमा


राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो।
ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिनु भएको छ।
केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफरिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ बैठकका निर्णय सुनाउँदै झाले भने।
केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएको छ। गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो।
ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...