Tuesday 25th August 2026

शहिद लखन थापा मगर स्‍मृति गोल्ड कपको उपाधी कल्याणकारी युवा समाज लाई


नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित “प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट चौंथो संस्करण–२०२४”को खेल कुवेतको अबुहालिफा स्थित (kuwait technical college) को भलिवल स्टेडियममा भव्य रूपमा सम्पन्न भएको छ।
उक्त भलिबल प्रतियोगितामा जम्मा १३ शसक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए। जसमा कल्याणकारी नेपाली युवा समाज कुवेतले गोल्ड कपको उपाधी चुम्न सफल भएको छ। भने लुम्बिनी समाज कुबेत उपबिजेता बनेको छ। विजेता टिमले गोल्ड कप,मेडल, प्रमाण पत्र र २५१ केडी नगदी प्राप्त गर्‍यो भने उपबिजेता टिमले ट्रफी, मेडल, प्रमाण पत्र र १५१ केडी नगदी प्राप्त गरेको छ। यसैगरी उत्कृष्ट टिम,उत्कृष्ट खेलाडी लाई ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।

गोल्ड कप लाई सफलता पूर्वक सम्पन्न पार्नको लागि BEC Exchange / City express एक्सचेन्ज कुवेतले मुख्य प्रायोजन गरेका छन। भने अन्य आर्थिक सहयोगीहरु मा कुबेतमा कृयाशिल नेपाली संघ,संस्था,समाजसेवी,ब्यक्ती बिशेष,नेपाली रेष्टुरेन्ट हरुले आर्थिक सहयोग गरेका छ।
खेलको बिजेता,उपबिजेता,कार्यक्रमको मुख्या प्रायोजक,सह प्रायोजक सहयोगीहरु लाई गोल्ड कप संयोजक मनु भुजेल मगर,समाजको संरक्षक: मित्र ब.सिंजाली मगर,बरिष्ट सल्लाहाकार: दिल ब. पुन मगरको हातबाट पुरस्कार वितरण गरिएको थियो। भने कार्यक्रम लाई महासचिव श्रवण गाहा मगरले संचालन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

केन्याभरका हजारौँ नर्सहरू उचित तलब, सुरक्षित कार्य वातावरण र आफ्नो पेशाको सम्मानको माग गर्दै हडतालमा उत्रिएका छन्। नर्सहरूका अनुसार वर्षौँदेखि…

दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको…

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार…

प्रतिकृयाहरू
...