Sunday 16th August 2026

आणविक हतियारको मामिलामा भारतले पाकिस्तानलाई उछिन्यो तर चीनभन्दा धेरै पछाडि


स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् ।

प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ ।

भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर १७२ पुगेको छ भने पाकिस्तानसँग गत वर्ष पनि १७० आणविक हतियार रहेकोमा यो वर्ष अहिलेसम्म कुनै वृद्धि भएको छैन ।

चीनको कुरा गर्दा सन् २०२३ मा ४१० आणविक हतियार थिए, जुन यस वर्ष बढेर ५०० पुगेको छ ।

अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायललगायत नौ आणविक हतियारधारी राष्ट्रहरूले आफ्ना आणविक हतियारको आधुनिकीकरणलाई निरन्तरता दिइरहेका छन् र तीमध्ये धेरैले सन् २०२३ मा नयाँ आणविक-सक्षम प्रणालीहरू तयार गरेका छन्।

आणविक हतियारको मामिलामा अमेरिका र रुस सबैभन्दा अगाडि छन्, जससँग ९० प्रतिशत आणविक हतियार छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

प्रतिकृयाहरू
...