Thursday 20th June 2024

गुराँस अभियन्ता “राष्ट्रप्रेमी”को पाल्पाका जनप्रतिनिधिलाई गुँरास रोप्न अनुरोध


गुँरास अभियान्ता सुशिल बस्यालले पाल्पा जिल्ला भरी औपचारिकता पूरा गर्न मात्र नभै राम्रोसंग विभिन्न प्रजातिको बिरुवाहरु रोप्ने र विशेष गरि लालीगुँरासलाई प्राथमिकतामा राखी बिरुवा रोप्न आग्रह गरेका छन् । मंगलवार उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सो कुरा उल्लेख गरेका हुन । उनले सबै जनप्रतिनिधिहरुलाई राष्ट्रियता झल्कने राष्ट्रिय फुल रोपेर नयाँ आंर्थिक वर्ष शुभारम्भ गर्न अनुरोध गरेका हुन।

उनले लेखेका छन :
आदरणीय पाल्पा जिल्ला भित्रका सम्पुर्ण जनप्रतिनिधि ज्यूहरु, हार्दिक नमस्कार !
यो वर्ष धेरै डढेलो लागेको छ । फलस्वरुप वन विनास सँगै वायु प्रदुषण समेत बढ्दो छ । यद्यपि हरेक क्रीयामा बराबर तर विपरित प्रतिक्रिया हुनुपर्छ भने जस्तै उत्तिकै मात्रामा वृक्षारोपण गर्न अपरिहार्य छ । म यहीँ देशको सामान्य नागरिक जो पासपोर्ट बनाउने उमेर समुहको युवा हो । परिस्थितिले मलाई जति पेलिराखेको छ, म उत्तिकै परिस्थितिलाई पेल्दै छु ।
वातावरण स्वच्छ राखौँ बोटविरुवाको संरक्षण गरौँ ,माया गरौँ भनी “एक घर एक लालिगुराँस” अभियान पनि चलाएको छु । देशको लागि केही गरौँ भन्ने सोचिरहेको छु । विशेष गरि “एक घर एक लालीगुँरास” भनेर ब्यक्ती संग स्वच्छ बाताबरण निर्माण गर्न यो अभियान सञ्चालनमा ल्याएको हुँ । गुँरास रोप्ने मात्र अभियान होईन सिङ्गो बाताबरण संरक्षण गर्ने यो अभियानको अभिप्राय हो । लालीगुँरास नेपालको राष्ट्रिय फुल भएको कारण बिशेष जोड दिइएता पनि समग्र वातावरण संरक्षण यस अभियानको सफल गन्तव्य पनि हो । हुर्किएका बिरुवा संरक्षण गर्नु ,नयाँ नयाँ बिरुवा रोप्नु ,लालीगुँरास हुने ठाउँमा लालीगुँरास नहुने ठाउँमा अन्य बिरुवा रोपि जैबिक बिबिधताको संरक्षणमा जुटेको छु ।
नेपालको पूर्वदेखि पश्चिमसम्मका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने गुराँस प्रजातिहरू विभिन्न कारणबाट विनाश हुदै गइरहेका छन् । यसको संरक्षण गर्नु तपाईं हामी सबैको दायित्व हो। गुराँसको संरक्षणबाट दिगो वन व्यवस्थापन भई पारिस्थितिक प्रणालीमा सन्तुलन कायम गरि यसको बहु-प्रयोगबाट स्थानीय समुदायको जिविकोपार्जनमा समेत टेवा पुग्ने गरि अगाडी बढ्नु आजको आवश्यकता छ । संसारका अधिकांस औषधीहरु लालिगुरासँ जस्तै जडिबुटी बाट प्रशोधित छन् । तर प्रकृतीले आशिर्वाद दिएको हाम्रो देशमा साघुरिएको सोच बाट गुज्रीदा अनेकौं सम्भावनालाई तिलान्जली दिएर अर्काको देशमा पाखुरा बजार्नु पर्ने बाध्यात्मक अवस्था छ । यसलाई चिर्न सके आफुले नै स-सानो सकारात्मक कदम चाल्ने नभए यसमा पाइला चालेका पैतालालाई विरोध होइन साथ र हौसला दिनुपर्दछ भन्ने मेरो चिन्ता हो ।
पाल्पा आफैमा अनुपम नमुनाले चिनिएको जिल्ला हो । पाल्पामा बिकासको अपार सम्भावना छ । पर्यटकको आगमन वृद्धि होस भन्ने आम पाल्पा जनताको अपेक्षा छ । जनअपेक्षा अनुसारको कुरा गर्ने हो भने पाल्पाली जनप्रतिनिधिले आसा बमोजिम गर्न नसकेको सबैमा बुझाई छ । अब त्यो बुझाईलाई गलत सावित गर्दा नै जनता खुशी रहनेछन भने तपाईंको शिर ठाडो रहनेछ । आज मानिस आफूसँग भएका सुविधाबाट खुसी छन तर सन्तुष्ट छैनन् । यसको मुख्य कारण प्रतिकूल हुदैँ गएको हाम्रो प्राकृतिक प्रणाली पनि हो ।वातावरण व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषय हो। आज यही विषय विश्वसामु जल्दोबल्दो समस्याको रूपमा रहेको छ। विकासका क्रियाकलापले पनि वातावरणलाई विनास गरेको हुन्छ । विनासलाई पुर्ती गर्ने योजनाहरु पनि उत्तिकै महत्त्वपूर्ण छन् । जनस्तरबाट पनि वातावरण संरक्षणमा जुट्नु उत्तिकै आवश्यक छ । फोहोरमैला व्यवस्थापन, वृक्षरोपण र संरक्षण, प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग, वातावरण प्रदूषणसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीयस्तरबाट सञ्चालन गर्न सकिन्छ ।

जलवायु परिवर्तन, बढ्दो सहरीकरण, गैरकानुनी शिकार, प्राकृतिक स्रोतको अत्यधिक दोहन, आगलागी, अत्यधिक चरिचरन, मानव र वन्यजन्तुको द्वन्द्व बढ्दोक्रममा रहेका छन्। जसका कारण जैविक बिबिधतालाई खतरा रहेको छ । केही हद सम्म भएपनी न्यूनीकरण गर्नको लागि निरन्तर आफ्नो क्षमताले भेटेसम्म काम गरेको छु । जैविक विविधता संरक्षण एकल प्रयासबाट सम्भव हुदैन त्यसका लागि सबै तहका सरकारी निकाय तथा अन्य सरोकारवालाहरूबीच समन्वय भई, साझा कार्यक्रमका रूपमा अघि बढ्ने नीति अवलम्बन गर्नुपर्ने हुन्छ। त्यसैले सम्पुर्ण पाल्पाली जनप्रतिनिधिहरुले अहिलेको यो आर्थिक बर्षमा जैविक बिबिधता संरक्षणमा विशेष तरिकाले कार्ययोजना बनाएर अगाडि बढ्नुहुन बिशेष अनुरोध गर्दछु । साथै वन कार्यलय संग सहकार्य गरि आ-आफ्नो स्थानिय तहमा गुँरास लगायतका अन्य बिरुवा रोपि आफ्नो क्षेत्रलाई हराभरा बनाउने गरि लाग्नुहुन सुझाव समेत व्यक्त गर्दछु ।

म भित्र धेरै युवाहरु छौँ । बिकासको काममा हातेमालो गर्न तयार छौँ । तस्बिर लिनलाइ रोपे जस्तो गर्ने यो अभियान होइन नतिजा सहितको अभियान बनाउने हो । त्यसैले सबैजना एकजुट भएर लागौँ ।
बातावरणको जय होस। राष्ट्रको जय होस।

– सुशिल बस्याल “राष्ट्रप्रेमी”


सम्बन्धित शीर्षकहरु

एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७…

दक्षिणी इटालीको तटमा दुईवटा जहाज दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ र करिब ६० जना बेपत्ता भएका छन्…

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय युद्ध मन्त्रिपरिषद विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका…

प्रतिकृयाहरू
...