Sunday 13th July 2025

नेपाल कुवेत सरोकार समाज द्वारा आयोजित “पाचौं सांगीतिक धमाका” भव्यताका साथ सम्पन्न


नेपाल कुवेत सरोकार समाज द्वारा आयोजित “पाचौं सांगीतिक धमाका” भव्य रुपमा सम्पन्न भएको छ।नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु गायक शिव परियार र गायिका रचना रिमालको साथमा कुवेतस्थित जिलिबको इन्डियन स्कुलसंगै रहेको स्पायर स्कुलको सभाहलमा हिजो मिती ३१ मे २०२४ मा दिन कार्यक्रम सम्पन्न भएको हो।उक्त हो।कार्यक्रममा कुवेतलाइ कर्मथलो बनाएर बसेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। समाजका अध्यक्ष सुर्या लामाको सभापतित्वमा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल, बिशिस्ट अतिथि NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,अलमुल्ला एक्सचेन्ज AlMullaExchange प्रतिनिधी,जजिरा एयरलाइन्सको प्रतिनिधी, पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्ल, Ambassador Super market को प्रतिनिधी विशेष आतिथ्यता लगायत नेपाली दुतावास कुबेत परिवार, कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रम लाई नेपाली जनसम्पर्क समिती कुवेतका माहामन्त्री केशर घलान तामाङ र अलमुल्ला एक्सचेन्जका करिडोर इन्चार्ज भुवन सुबेदीले संयुक्त रुपमा संचालन गरेका थिए। कार्यक्रम सन्मयोजक दमोदर बाटलले स्वागत मन्तव्य राखेका थिए। राष्ट्रिय गानको गुन्जनका साथ सुरु भएको कार्यक्रममा प्रमुख अतिथी, सभापति र बिषेश अतिथिले सामुहिक उपस्थितिमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको पहिलो चरणमा कुवेतका कलाकारहरुको प्रस्तुती राखिएको थियो। कार्यक्रम को मुख्य आकर्षक बहुचर्चित कर्णप्रीय स्वरकी धनी नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि गायिका रचान रिमाले आफ्नो नयाँ पुरा गीतहरु गाएर छमछमी नचायकि थिइन भने देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गयाक कर्णप्रीय स्वरको धनी, मेरो भोईस युनिभर्स को जज गरी सक्नु भएको गायाक शिब परिवारले आफनो नयाँ पुरना गीत धोके बाज हौ तिमी,पागल बनायौ प्रिये, झन्डै एक दर्जन भन्दा बढी गीतहरु गाएर सबै लाई नचाएको थिए । भने कार्यक्रमको अन्तिम प्रस्तुति सम्म हल भरिभराउ थियो।

समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकार लाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मान पत्र बाट विशेष सम्मान गरिएको थियो। भने कार्यक्रमको अन्त्यमा आध्यक्ष लामाले नेपालबाट पाल्नुहुने अतिथि कलाकार प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने मिडिया, स्वयंसेवक र सबै स्पोन्सरहरु प्रती आभार प्रकट गर्दै कार्यक्रमको समापन घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...