Sunday 14th December 2025

इद पर्व हर्षोल्लासका साथ मनाइदै


मुस्लिम धर्माबलम्बीहरूको महान पर्व ईद आज हर्षोल्लासका साथ मनाइँदैछ्। एक महिनासम्म रोजा गरेर सकिए पछि आज ईद मनाइँदै छ। रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी ईद उल फित्र (ईद) मनाउँद छन्।

हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौब्बाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्छन्। चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा रहेको छ। पहिलो चन्द्रोदय देखेपछि साउदी लगायतका मध्यपुर्वका देशहरूमा अघिल्लो दिन इद पर्व मनाइन्छ भने नेपाल लगायत दक्षिण एसियाका देशहरूमा एक दिन पछि इद मनाउने गरिएको छ ।

ईदमा अल्लाहका नाममा विशेष नमाज गर्ने परम्परा पनि छ। ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु) ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन्। धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेबईको खिर र मिष्ठान्न परिकार खाने चलन छ।

ईद पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम…

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट…

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो…

प्रतिकृयाहरू
...