Tuesday 29th September 2026

अमेरिकाले इजरायललाई दियो हतियार निर्यातको स्वीकृति


अमेरिले इजरायललाई अर्बौं डलरको बम र लडाकु विमान निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ ।

दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायलाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो । यो सहमतिलाई भने गोप्य राखिएको वाशिंगटन पोस्टले जनाएको छ ।

यसलाई इजरायलको रक्षा रणनीतिको लागि अमेरिकाको अटुट समर्थनको रुपमा ब्याख्या पनि गरिएको छ । डिफेन्स एक्सपोर्ट क्लियरेन्समा समावेश गरिएका हतियारहरूमा १८०० एमके ८४, बम र ५०० एमके ८२ बम रहेको अमेरिकी रक्षा विभाग, पेन्टागन र विदेश विभागका अधिकारीहरूले पनि यसको पुष्टि गरेका छन् ।

संयुक्त राष्ट्र संघमा यसअघि लगातार भिटो प्रयोग गर्दै आएको अमेरिकाले पछिल्लो मतदानमा भिटोको प्रयोग नगरेपछि इजरायल अमेरिकासँग रिसाएको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थिए । तर, अहिले बाइडेन प्रशासनले दिएको हतियार निर्यातको स्वीकृतिलाई सम्बन्ध सुधारको रुपमा हेरिएको छ ।

इजरायल प्यालेस्टाइन युद्ध अक्टोरबाट सुरु भएको थियो । यसबीचमा झण्डै ३३ हजार नागरिकको मृत्यु भइसकेको छ भने लाखौं मानिसहरु युद्धको चपेटामा परेका छन् ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...