Monday 12th October 2026

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चाैधरी पक्राउ


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोप उनलाइ लागेको छ ।

चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चाैधरी हाल सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् भने उनी उद्योगपति विनोद चाैधरीका भाइ पनि हुन्।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको बताइन्छ । यस प्रकरणमा उनका साथै बाँसबारी छाला जुत्ता कारखानाका तत्कालिन अध्यक्ष अजितनारायणसिंह थापा समेत पक्राउ परेका छन् । थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...