Sunday 22nd March 2026

आज माघे संक्रान्ति पर्व


आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् ।

सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

कतिपय ठाउँमा यसलाई नहान अर्थात् मकर नुहाउने पर्वकारुपमा मनाइन्छ भने नुवाकोटको तारुकामा भने गोरु जुधाएर रमाइलो गर्ने अनौठो चलन छ । नुवाकोटमा यसवर्ष पनि गोरु जुधाइँको हुँदैछ ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।

आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

त्यहीकारण आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत नदी तथा धार्मिक स्नानस्थलहरुमा मकर नुहाउने भक्तजनको भीड लाग्ने गर्दछ ।

देशभर मनाइने यो वर्षलाई लक्षित गर्दै सरकारले सार्वजनिक विदा दिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...