Wednesday 24th June 2026

ईजरायलले ईरानी कमाण्डरलाई सिरियामा मार्यो


इरानले सिरियाको हवाई आक्रमणमा आईआरजीसीका कमाण्डर मारिएपछि इजरायललाई बदला लिने चेतावनी दिएको छ । इरानी सरकारी मिडियाले सिरियामा वरिष्ठ सल्लाहकार भनेर चिनिने आईआरजीसी कमाण्डर सैयद राजी मौसावीको मृत्यु भएको पुष्टि गरेको छ।

इरानले सोमबार सिरियाको राजधानी दमास्कस नजिकै भएको इजरायली हवाई हमलामा इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीका वरिष्ठ कमाण्डर सय्यद रेजा मौसावीको हत्याको लागि इजरायलले त्यसको मुल्य चुकाउनु पर्ने बाँचा गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूले दमास्कसको ग्रामीण इलाकाको सेट जायनाब क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका थिए ।

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल नजिकै धुवाँको बादल देखिएको थियो । यो क्षेत्रलाई इरानी प्रोक्सीहरूले प्रयोग गरेको कारणले बारम्बार लक्षित गरिएको साइटमा पर्दछ, जहाँ ती ईरानी कमाण्डर मारिएका थिए ।

इरानी सरकारी मिडियाले सिरियामा वरिष्ठ सल्लाहकारको रूपमा चिनिने आईआरजीसी कमाण्डर सय्यद राजी मौसावीको मृत्यु भएको पुष्टि गरेको छ । इरानी विपक्षी मिडियाका अपुष्ट रिपोर्टहरूका अनुसार, मौसावीले सिरियामा तेहरानबाट इरानी प्रोक्सीहरूलाई वित्त पोषण र रसद हस्तान्तरणको समन्वय गर्ने जिम्मेवारी समालेका थिए।

इरानी मिडियाका अनुसार जनवरी २०२० मा अमेरिकी ड्रोनबाट मारिएका कुड्स फोर्सका पूर्व प्रमुख कासिम सुलेमानीको नजिक मौसवीलाई मानिन्थ्यो। इजरायली मिडियाले मौसावीलाई सुलेमानी पछिको सबैभन्दा उच्च प्रोफाइल लक्षित हत्याको रूपमा उल्लेख गरेको छ।
उक्त हमलामा अन्य कुनै हताहत भएको थिएन ।


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...