Thursday 22nd February 2024

नक्कली भुटानी शरणार्थी प्रकरण छुटेनन पुर्वमन्त्री रायमाझी, खाण-केहि धरौटीमा रिहा


उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले हरिभक्त महर्जनसहित ७ जनालाई १० लाखदेखि ३० लाखसम्म धरौटी माग गरेको हो । जसमा हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष बुढाथोकीसँग ३० लाख धरौटी माग गरिएको छ । त्यस्तै टेकनाथ रिजालसँग १५ लाख, रामशरण केसीसँग १५ लाख र नरेन्द्र केसी १० लाख धरौटी माग गरिएको हो ।  यसैगरी सन्दीप रायमाझीसँग ३० लाख धरौटी माग भएको छ ।

त्यस्तै लक्ष्मी महर्जन, टंक कुमार गुरुङ र केशव तुलाधरलाई  साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ । उच्च अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित नौ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
पुर्पक्षका लागि थुनामै रहनेमा टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, शन्देश शर्मा, आङटावा शेर्पा रहेका छन् ।यसैबीच न्यायाधीशको राय बाझिएका कारण पूर्वगृहमन्त्री बालकृष्ण खाण भने अर्को न्यायाधीशले आदेश दिनेछन् ।

सम्बन्धित शीर्षकहरु

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) ले आफ्नो 'गगनयान' मिशनमा ठूलो अपडेट दिएको छ। ISRO ले आफ्नो CE20 क्रायोजेनिक इन्जिनलाई मानव…

लुलु हाइपरमार्केटले २१ फेब्रुअरीमा अब्बासियामा १६औँ स्टोरको रूपमा लुलु एक्सप्रेस फ्रेश मार्केटको शुभारम्भ गर्यो । ब्रान्डले यसको स्टोरहरू मार्फत परिभाषित…

‘संघर्ष गर्दै गयो भने असफल भन्ने कुरा केहि छैन’ -हिक्मत वादी वादी समुदाय नेपालको पछाडिएको समुदाय हो । अल्पसंख्यक रूपमा…

प्रतिकृयाहरू
...