Saturday 27th July 2024

लव जोशीको शीत काव्य लोकार्पण


साहित्यकार लव जोशीद्वारा नेपाली र अंग्रेजी दुवै भाषामा लिखित काव्य संग्रह शीतको शीत जन्मभूमि पाल्पामा लोकार्पण भएको छ । पाल्पा साहित्य समाजको २९ ओै बार्षिक दिवस समारोह , पाल्पाली आदिकवि छविलाल नेपालको १७४ ओैं जन्मजयन्ती , शास्त्रकवि माधव प्रसाद देवकोटाको १२१ ओै जन्मजयन्तीको अवसरमा जोशीको काव्य कृति लोकार्पण भएको हो । कृति लोकार्पण पछि कार्यक्रममा प्रमुख अतिथि तानसेन नगर पालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले सम्बोधनको क्रममा भन्नुभयो , ” पाल्पाका आदिकवि छविलाल नेपालका सन्ततीले धवल पुस्तकालय निर्माण गर्न जग्गा प्रदान गर्नु भएको , माधव प्रसाद देवकोटा राष्ट्रिय स्तरमै स्थापित कवि भएको , कृतिकार लव जोशीको शीत काव्य नौलो रहेको , सम्मानित व्यक्तित्वहरू लव जोशी,ज्ञानकाजी शाक्य , मदन देउराली र सुशीला श्रेष्ठ योग्य पात्र सम्मानित हुनु भएको छ । ”

कार्यक्रममा कृतिकार लव जोशीलाई छविलाल नेपाल पाल्पाली पुरस्कारद्वारा समेत पुरस्कृत गरि सम्मान गरियो । पाल्पाली आदिकवि छविलाल नेपालको नाममा स्थापित यो पुरस्कारबाट समाजले स्थापनाकाल २०५१ साल देखिनै विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत गर्दै आएको छ ।

जोशीलाई शीत काव्य समाजद्वारा समेत सम्मान पत्र समर्पण गरियो ।समाजले यस वर्ष भैरव तुलसी सिंह स्मृति पुरस्कारबाट कलाकार मदन देउराली , अथक रेग्मी सृजना पुरस्कारबाट ज्ञानकाजी शाक्य र राधाइन्द्र समाजसेवा सम्मानद्वारा समाजसेवी एवं शिक्षासेवी सुशीला श्रेष्ठलाई सम्मान गरेको छ ।

कार्यक्रममा लोकार्पण गरिएको कृतिमाथि नेपाली र अंग्रेजीमा गहन समीक्षा साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका महासचिव चन्द्रकान्त न्यौपानेद्वारा गरिएको थियोे । समीक्षाको क्रममा न्यौपानेले ” लव जोशीले विभिन्न विधाका नेपाली र अंग्रेजी भाषामा कृति प्रकाशित गर्नुका साथै पाल्पा भूमिबाट परिकल्पित भएको शीत काव्यलाई अंग्रेजी भाषामा समेत लेखी नेपाली लघुतम साहित्यको विश्वव्यापी रूपमा प्रचार गराउनु भएको छ । कृतिभित्रका उहाँका शीतहरू अव्वल र दार्शनिक रहेका छन् । शसक्त , अर्थपूर्ण र सूत्रात्मक रहेका छन् ।” भनी बताउनु भयो । कृतिभित्र ३४ वटा शीर्षकमा शीतहरू रहेका छन् । शीत कृति उदाहरणीय पठनीय एवं संग्रहणीय रहेको छ ।

कृतिकार एवं पुरस्कृत व्यक्तित्व लव जोशीले ,” जन्मभूमि पाल्पामा आई सम्मानित हुन पाउँदा गर्व लागेको छ । आफ्नो जन्मभूमि पाल्पाबाट उत्पत्ति भएको शीत काव्यलाई अंग्रेजी भाषामा पनि रसपान गर्न सकुन भनी एउट‌ै कृतिमा नेपाली र अंग्रेजी गरी दुवै भाषामा शीत काव्य THE DEW POETRY तयार पारी प्रकाशित गरिएको हो ।”

कार्यक्रममा साहित्यकार कृष्णप्रसाद कोइराला, सुशीला श्रेष्ठ , ज्ञानकाजी शाक्यद्वारा सम्मानित एवं पुरस्कृत व्यक्तित्व, कृतिकार लव जोशी र पाल्पा साहित्य समाजलाई शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामना गरिएको थियोे । शीत परिकल्पनाकार एवं पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ,सदस्य गोविन्द खनालद्वारा स्वागत, सल्लाहकार चित्रवलीराम सुवालद्वारा छविलाल र देवकोटामाथि प्रकाश पार्ने कार्य तथा सचिव सविता भट्टराईद्वारा कार्यक्रम संचालन गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...