Monday 7th September 2026

कल्याणकारी-मुजैनी सांगीतिक धमाकाको सम्पूर्ण तयारी पुरा, कलाकारहरू पर्सि ४ तारिक कुवेत आउने


कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजना तथा टाइटल स्पोन्सर अलमुजैनी एक्सचेन्ज रहेको कल्याणकारी-मुजैनी सांगीतिक धमाकाको सम्पूर्ण तयारी पुरा भएको समाजका अध्यक्ष सुवास श्रेष्ठले मिडियालाइ जानकारी दिएका छन् ।

यहि ६ अक्टोबर २०२३ शुक्रबारका दिन माहबुलाको इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सांगीतिक कार्यक्रम सम्पन्न गर्न लागेको कल्याणकारीले कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार हरू शान्ति श्री परियार, उर्गेन दोङ र आश्मा बिश्वकर्मालाइ कुवेत ल्याउँदै छ ।

कल्याणकारीको निमन्त्रणामा कुवेत आउन लागेका कलाकारहरू मध्ये शान्ती श्री परियार र आश्मा बिश्वकर्मा बुधबार अक्टोबर ४ का दिन जजिरा एयरको उडानमार्फत बिहान ५ः१० कजे कुवेत विमानस्थलमा अवतरण गर्ने भएका छन् भने कार्य व्यस्तताको कारण उर्गेन दोङ भने ६ तारिक शुक्रबार बिहान मात्रै कुवेत आइपुग्ने भएका छन् ।

नेपालीहरूको महान चाड बडादशैंको पूर्वार्धमा कुवेतमा सम्पन्न हुन लागेको यस सांगीतिक धमाकामा अहिलेकी चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र उत्कृष्ट डान्सर आश्मा बिश्वकर्मा साथै व्यस्त गायक, कम्पोजर उर्गेन दोङका साथमा कुवेतका स्थानीय कलाकारहरूले समेत आ–आफ्नो कला र प्रतिभा देखाउने छन् भने अतिथि कलाकारहरूले कुवेतका नेपालीहरूलाइ कत्तिको सांगीतिक मनोरन्जन प्रदान गर्ने हुन त्यो भने हेर्न नै बाँकी छ ।

समाजले अतिथि कलाकारको स्वागतको लागि कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी/प्रतिनीधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडी सबैलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भइदिनुहुन अनुरोध गरेको छ भने उर्गेन दोङलाइ स्वागत गर्नको लागि शुक्रबार बिहान बजे उपस्थित हुन पनि आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...