Monday 14th July 2025

कुवेतमा संविधान दिवस मनाइयो


कुवेत – नेपाली राजदूतावास कुवेतको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

कुवेतको फर्वानियास्थित क्राउनप्लाजा होटलमा २० सेप्टेम्बरका दिन कुवेतका परराष्ट्र मामिला सहायक मन्त्री नबिल अल दाखिलको प्रमुख आतिथ्यतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो । प्रथम सचिव प्रेमराज गौतमको संचालन रहेको कार्यक्रममा कुवेत तथा नेपालको राष्ट्रिय गान पश्चात् नवौ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा वोल्दै कुवेतका लागि नेपाली कार्यवाहक राजदूत सुजनी रानाले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कुवेत तथा इराकमा कार्यरत नेपाली श्रमिक लगायत सम्पूर्ण नेपालीहरुलाई थप प्रगति समृद्धि तथा उज्ज्वल भविष्यको कामना सहित शुभकामना व्यक्त गरेकी थिइन । साथै उनले नेपाल र कुवेतको ५१ वर्ष अगाडिदेखि नेपाल र कुवेतबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा द्धिपक्षीय सम्वन्ध दिनानुदिन प्रगाढ हुँदै गइरहेको चर्चा गरेकी थिइन । कुवेतमा झन्डै नब्बे हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत रही कुवेतको लागि महत्वपूर्ण योगदान रहेको चर्चा गरेकी थिइन ।

कार्यक्रममा कुवेत सरकारका उच्च पदस्थ अधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक निकायका पदाधिकारीहरु, कुवेतका विभिन्न मिडियाका पत्रकारहरु, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत, व्यवसायी तथा विभिन्न संघ सस्थाका सिमित प्रतिनिधिहरु , कुवेतमा रहेका नेपाली समुदायका केही व्यक्तिहरुको सहभागिता रहेको थियो । संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...