Wednesday 7th October 2026

भारतको हिमाचलमा बाढी पहिरोमा परि ५४ भन्दा बढिको मृत्यु


भारतको हिमाचल प्रदेश र छिमेकी उत्तराखण्डमा लगातारको वर्षाले कम्तीमा ५४ जनाको ज्यान गएको छ। पहिरोले मुख्य सडक र राजमार्गहरू अवरुद्ध गरेको छ, घरमा क्षति पुर्‍याएको छ र नदीहरू ओभरफ्लो हुँदा धेरै क्षेत्रहरू डुबानमा परेका छन्।

५४ जना मध्ये ५१ जनाको मृत्यु हिमाचल प्रदेशमा मात्रै वर्षाका कारण भएको घटनामा भएको थियो । हिमाचलका सिमला, सोलन, मन्डीलगायत क्षेत्रमा केही दिनदेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले यो विपत्ति आएको हो ।

वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेर मुख्य सडकहरू बन्द भएका छन् भने कयौँ घरहरु भत्किएका छन् । बाढीले सवारी साधनहरू बगाएका छन् भने कतिपय ठाउँमा पुलहरू भत्किएका छन् ।

सिमलाको समरहिल क्षेत्रको शिव बावडी मन्दिर पनि सोमबार पहिरोमा परेको छ । मन्दिर भत्किएको ठाउँमा ठुलो संख्यामा उद्दार टोली खटाइएको छ । मन्दिरको भगनावशेषबाट धेरै शवहरू निकालिएका छन् भने अझै धेरै मानिस पुरिएको आशङ्का गरिएको छ ।

पर्यटकीय सहर सिम्लाको दृश्यावलोकन गर्न र चिसो मौसमको आनन्द लिन हरेक वर्ष हजारौं मानिस घुमघामका लागि जाने गर्छन् । केही दिनयता वर्षा र बाढीका कारण बगाउँदै गरेका गाडी र भवनहरूको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् ।

मुख्यमन्त्री सुखुले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र नदी नजिक नजान आग्रह गरेका छन् । प्रभावित हिमाचल राज्यका विद्यालयहरू बन्द गरिएका छन् ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...